२०७८ मंसिर ११ , शनिवार

बजारमा सुनको मूल्य घट्दै

Capture

सुनाखरी न्युज/ काठमाडौं – आज छापावाल सुनको मूल्य बजारमा प्रतितोला पाँच सयले घटेर एकानब्बे हजार आठ सय तोकिएको छ । हिजो पहेँलो धातु प्रतितोला बयानब्बे हजार तीन सय मा कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला एकानब्बे हजार तीन सय कायम भएको छ । जसको मूल्य मंगलबार प्रतितोला एकानब्बे हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला तीस ले घटेर एक हजार दुई सय पच्चिस पुगेको महासङ्घले जनाएको छ ।

 

 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।