२०७८ माघ ७ , शुक्रवार

न्यादी हाइड्रोपावर र सामलिङ पावरको आइपीओ नेप्सेमा सूचीकृत

सुनाखरी न्युज/ काठमाडौं – न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको छ ।

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले चुक्ता पुँजीका अधारमा कायम सेयर सूचीकरण गरेको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ ।

त्यस्तै सामलिङ पावर कम्पनीको आइपीओ बुधबार नेप्सेमा सूचीकरण भएको छ । कम्पनीको ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस कम्पनीले चुक्ता पुँजीका अधारमा कायम सेयर सूचीकरण गरेको हो । अब बिहीबारबाट यसको सेयर कारोबार पनि खुला हुनेछ ।