२०७८ मंसिर ११ , शनिवार

नेतृत्व पुस्तान्तरण सँगै सशक्त सबल र सक्षम नेतृवको आशा

Capture

वीरबल खड्का क्षेत्री – नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी-लेनिनवादी)को दशौ महाधिवेशन सफल पारौ।” हाम्रो गौरवमय पार्टी नेकपा एमाले को १०औं राष्ट्रिय महाधिवेशन चितवनमा यहि मंसिर १० देखि १२ सम्म हुन गईरहेको छ महाधिवेशनको पुर्व सन्ध्यामा देश व्यापी रुपमा आम जनता नेता कार्यकर्ता पार्टी शुभेच्छुक सबैलाई उत्साह बढेकोको छ यसै सन्दर्भमा नेकपा एमाले ले आम नेतृत्व बाट अब आउने नेतृत्व पुस्तान्तरण सगै अझ सशक्त सबल र सक्षम नेतृवको आशा पनि गरिएको छ पार्टी भित्रका आपसी फरक विचार बाटै गति प्रदान गर्ने गरि जनवादी संगठन बाट समस्या हल हुने नीति प्रमुख रहने छ भन्ने आसा सबैले लिएका छन्।

 

पार्टिभित्रबैचारिक ,राजनैतिक ,इतिहास ,योगदान,आचरण चरित्र निष्ठा एबम इमानका कसिमा जाचिएका खारिएका योग्य ब्याक्तित्वहरु मध्येबाट चुनौतीलाई सामानागर्नसक्ने योग्यतम कुशल नेतृत्व पाउन सकोस भन्ने हामी जस्ता जगका कार्यकर्ताले अपेक्षा गरिएको छ र पार्टीको नेतृत्व र जनता लाई समृद्धि गर्ने अभियानको र देशी विदेशी सम्पुर्ण प्रतीक्रिया वादीलाई ठेगान लगाउने नेता पार्टी अध्यक्ष केपी शर्मा ओली को अगुवाई फेरी पनि आवश्यकता रहेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाली जनता तमाम सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो । सामन्तवाद, दलाल– नोकरशाही पुँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता तथा नेपाल राष्ट्रलाई मुक्त गर्ने तथा जनताको वहुदलीय जनवाद को जग बाट समाजवाद स्थापनाद्वारा न्यायपूर्ण, समानतायुक्त र समृद्ध नेपाल स्थापना गर्ने र सुखी नेपाली बनाउन एक मात्र पार्टि नेकपा एमाले नै हो ।

नेकपा एमाले ले जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेशा आन्दोलनलाई अगाडि बढाउँदै आएको छ । लैङ्गिक विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्याहरूलाई समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गर्ने र श्रमजीवीहरूका हक हितको संरक्षण गर्ने सबालमा पनि पार्टीले जिम्मेवार भूमिका खेल्दै आएको छ ।

 

नेकपा एमालेको लोकप्रियताको चर्चा गर्ने हो भने मनमोहन अधिकारी प्रधानमन्त्री रहनुभएको उक्त सरकारलाई आजसम्मकै सर्वाधिक लोकप्रिय सरकार र कमरेड मनमोहनलाई सर्वाधिक सम्मानित प्रधानमन्त्रीको रूपमा नेपाली समाजले आज पनि स्मरण गर्छ यस्तै केपी ओली को सरकारले गरेका राम्रा काम सुखी नेपाली समृद्ध नेपालको अभियान हुँदै देश बिकासमा सरकारले खेलेको भुमिका राष्ट्रियताको सवालमा होस यहाँ देश बिखण्डन गर्ने देखि देशलाई युद्ध बाट राजनीतिक परिवर्तन गर्न सकिन्छ भनेलाई शान्तिपुर्ण राजनीतिक मुलधारमा ल्यउन सफल नेतृत्वलाई देश र जनताले सधै स्मरण गरि रहेको छ जसले गर्दा पनि एमाले को उचाइ बढ्दै गरेको छ।

 

नेकपा एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद हो । जननेता कमरेड मदन भण्डारीद्वारा प्रतिपादित यो सिद्धान्त माक्र्सवादका विश्वव्यापी सच्चाइहरूलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने सन्दर्भमा विकसित नेपाली क्रान्तिको सिद्धान्त हो, यो नेपाली क्रान्तिको मौलिक कार्यक्रम पनि हो । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको नवीनतम मान्यता बोकेको जनताको बहुदलीय जनवाद नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका व्यवहारबाट परीक्षित हुँदै सही साबित हुँदै आएको छ यसकै जग बाट आज नेपाल कम्युनिस्ट पार्टि आन्दोलन चलि रहेको छ र आज पनि हाम्रा समग्र कामहरूमा यसले मार्गदर्शन गरिरहेको छ र नेपालका सबै कम्युनिस्ट पार्टीले यसै सिद्धान्त लाई कुनै न कुनै रुपमा पालना गरेको पाईन्छ र यो देशको समृद्धि र विकास गर्ने एजेन्डा र कार्यक्रम भएको पार्टी नेकपा एमाले नै हो तसर्थ दशौ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दछौ।