२०७८ मंसिर ११ , शनिवार

नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ईमेज च्यानलमा प्रशारण हुने

9

सुनाखरी न्युज/ काठमाडौं – भ्वाइस स्टार नेपाल प्रालिको ब्यानरमा उत्पादन हुन लागेको रियालिटी शो‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ईमेज च्यानल एचडीमा प्रशारण हुने भएको छ ।

काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी ईमेज एचडीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. महेन्द्र विष्ट र नायव महाप्रवन्धक सुरेश शर्मा तथा भ्वाइस स्टार नेपालका तर्फबाट क्रियटिभ डाइरेक्टर रवि श्रेष्ठ र सुरज जोशीले हस्ताक्षर भएको हो । कार्यक्रममा ईमेज ग्रुप अफ कम्पनीका अध्यक्ष आरके मानन्धरले ‘सिङ्गिङ्ग सुपरस्टार’ नेपाली सांगितिक क्षेत्रमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले ईमेज च्यानल एचडीमा रूपान्तरण भएसँगै नयाँ तथा परिमार्जित कार्यक्रम लिएर दर्शकलाई विशिष्ट मनोरञ्जन दिन तत्पर रहेको उल्लेख गर्नुभयो ।

 

 

‘सिङ्गिङ्ग सुपरस्टार’मा विभिन्न रियालिटी शोमा भाग लिएर पनि आफ्नो सांसगतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकालाई स्थान दिन विशेष प्रोत्साहन दिइने सम्झौतामा उल्लेख छ । त्यसमा राजधानी बाहिर रहेर संघर्ष गरिरहेकाहरूलाई छनोट प्रक्रियामा उचित स्थान दिइनेछ ।छनोटको पहिलो चरण डिजिटल अडिसन आगामी पुष महिनाको पहिलो साताबाट सुरु हुनेछ । यो प्रक्रिया एक महिना अवधिको हुनेछ । छनोट प्रक्रियापछि माघ दोस्रो साताबाट नेपालका विभिन्न शहरहरूमा फिजिकल अडिसनको घोषणा हुनेछ ।