२०७८ मंसिर ११ , शनिवार

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

Capture

सुनाखरी न्युज/ काठमाडौं – आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजीद्वारा प्रर्विद्र्धत मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सक सँग परामर्शका लागि मोबाइल एप्लिकेसन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेगरी व्यवस्था मिलाएको छ ।

यो सेवाहाललाई बीरर सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोसँगै मिदासटेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्ताअन्य सरकारी तथानिजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सक सँग परामर्शका लागि मोबाइल एप्लिकेसन मार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिनेगरी व्यवस्था मिलाएको छ । अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षागरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्टलिन र भुक्तान गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइनलाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनिबचत हुनेछ ।यी सेवालिनका लागि सम्बन्धित अस्पतालको मोबाइलएप्लिकेसन वा मिदासटेक्नोलोजीको मेरो डाक्टर मोबाइलएपतथा वेभ (merodoctor.com) मार्फत पनि उल्लेखित अस्पतालका अनलाइनओ.पी.डी. टिकट सेवा प्रदान गर्दे आइरहेको छ । विश्वमाजारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

मिदास टेक्नोलोजिज्स् प्रा.लिको बारेमा :
स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय नाम मिदास टेक्नोलोजी आइएमई ग्रुपद्वारा प्रर्विद्र्धत कम्पनी हो । विगतदुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ ।

 

कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरू लाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।