२०७८ माघ ७ , शुक्रवार

अब नम्बर परिवर्तन नगरी अर्को टेलिकम कम्पनीको सेवा लिन पाइने 

33. Sunakhari Banner Glove

सुनाखरी न्युज/ काठमाडौं – अब प्रयोगकर्ताले सेवा लिइरहेको टेलिकम कम्पनी मन नपरे अथवा फरक कम्पनीको सेवा लिनु परेमा नम्बर नफेरी सेवा लिन सक्ने भएका छन । नियामक दूरसञ्चार प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलीटि एमएनपी सम्बन्धी नियमावली २०७८ जारी गर्दै यस्तो सुविधा लिन पाउने कानुनी व्यवस्था मिलाएको हो ।

 

मोबाइल नम्बर पोर्टेबिलिटी सेवा (एमएनपि सेवा)भन्नाले नेपालमा मोबाइल भ्वाइस सेवा प्रयोग गरिरहेका उपभोक्तालाई आफ्नो नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन गर्न सक्ने सुविधा हो । यो सेवामा ग्राहकले बदलेको नयाँ सेवा प्रदाकयले सीमकार्ड उपलब्ध गराउनेछ । तर,मोबइल नम्बर भने पुरानै सेवा प्रदायकको नै हुनेछ विनियमावलीमा उल्लेख छ । यो विनियमावली अबको ६ महिना भित्र कार्यान्वयन हुने दूरसञ्चार प्राधिकरणले जनाएको छ ।