२०७९ असार २० , सोमवार

सुनको मूल्यमा सामान्य वृद्धि

gold

सुनाखरी न्युज/ काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार ४ सय रहेको छ । आइतबार भने सुनको मूल्य सात सयले घटेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १२६० मा कारोबार भएकोमा आज बढेर चाँदीको मूल्य प्रतितोला १२७० कायम भएको महासंघले जनाएको छ ।