२०७८ मंसिर ११ , शनिवार

मुलुकभर चिसो बढेसँगै प्रदुषण पनि बढ्यो, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह

Capture

सुनाखरी न्युज/ कठमाडौं ।
मुलुकभर चिसो बढेसँगै प्रदूषण पनि बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अरब सागरमा बनेको निम्न चापीय प्रणालीका कारण मौसम बदली हुँदा घाम लाग्न नसकेको र यसले चिसोसँगै प्रदूषणसमेत बढाएको छ।

निम्न चापीय प्रणालीको असर आज रातिसम्म देखिने र भोलिबाट मौसममा सुधार हुँदै जाने महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकासहित देशका अधिकांश भू-भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुँवालोको कारणले पारदर्शितमा समेत कमी आउन सक्ने देखिएकोले सडक तथा हवाई यातायत क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन मशाशाखाले अनुरोधसमेत गरेको छ।

आज देशका अधिकांश भू-भागमा वदली भई उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावान रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।