२०७९ असार २० , सोमवार

सुनचाँदीको मूल्यमा शुक्रबार सामान्य गिरावट

gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा १०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ, तेजावी सुन ९३ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २७५ रुपैयाँ कायम गरिएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी सुन ९४ हजार रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

 

महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २४.९३ डलर आसपासमा कारोबार भइरहेको छ ।