२०७९ असार २० , सोमवार

घट्यो सुनचाँदीको मूल्य

gold

सुनाखरी न्युज/ काठमाडौँ – बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य तोलामा ९४ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ, तेजावी सुन ९४ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।