२०७९ असार १८ , शनिवार

सुन तोलामा ५०० ले बढ्यो

gold

सुनाखरी न्युज/ काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य ९४ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २९० रुपैयाँ कायम गरिएको छ । सोमबार छापावाला सुन तोलाको ९४ हजार ३०० रुपैयाँ, तेजावी सुन ९३ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँ कायम गरिएको थियो ।