२०७९ असार १८ , शनिवार

घट्यो सुनचाँदीको मूल्य

gold

सुनाखरी न्युज/ काठमाडौं – सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा ३०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २८० रुपैयाँ कायम गरिएको छ । केही दिन देखि अप्रत्यासी रुपमा निरन्तर बढेको सुनको मूल्य सोमबार सामान्य घटेको हो । अन्तरर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपालमा पनि मूल्य घटेको हो । सोमबार सुन प्रतिऔंस १ हजार ८५७.४६ डलर आसपासमा कारोबार भइरहेको छ ।

 

आइतबार छापावाला सुन तोलाको ९४ हजार ६०० रुपैयाँ, तेजावी सुन ९४ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भउको थियो ।