घुमफिर-पर्यटन

अब साझाका टिकट अनलाइनबाटै काट्न सकिने

Posted: 2018-10-11 10:15:19

सुनाखरी न्युज/ काठमाडौं - साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ। सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन्। अनलाइन टिकटिङ सम्बन्धी सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर. खनालले हस्ताक्षर गरे। साझा यातायातले दियालो टेक्नोलोजिजले प्रवद्र्धन गरेको बससेवा डटकमसँगको सहकार्यमा काठमाडौं उपत्यका बाहिर सञ्चालन हुने आफ्ना सुविधा सम्पन्न डिलक्स् बसहरूमा अनलाइनबाट टिकट काट्न सकिने प्रबन्ध मिलाएको हो। हाल साझा यातायातका बसहरू काठमाडौंदेखि रूपन्देहीको भैरहवा र काठमाडौंदेखि बाग्लुङका लागि छुट्दै आएका छन। भैरहवा र बाग्लुंगका लागि साझा यातायातको रात्रिसेवा बुधबारदेखि सुरू भएको हो।
 
सम्झौतापछि साझा यातायातका सञ्चालक तुलाधरले भने, लामो रूटमा जाने यात्रुहरू साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले हामीले अनलाइन टिकटिङको प्रबन्ध मिलाएका छौँ र भविष्यमा यात्रुहरूको सुविधाको लागि थप सेवा विस्तार गर्नेछौँ। यसैगरी दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले साझा यातायातसँगको सहकार्यले सार्बजनिक यातायातमा रहेका समस्यालाई प्रविधिको प्रयोगबाट समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।अबदेखि साझा यातायात डटकम डट एनपी, बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै टिकट काट्न सकिनेछ।
 
 
इसेवा एकाउन्ट भएका यात्रुले सहजै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा इसेवा अंकित साइबर कम्यूनिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन्। यसैगरी यात्रुहरूले अधिकांश बैंकका मोबाईल बैंकिङ तथा इन्टरनेट बैकिङ तथा अन्य विभिन्न पेमेन्ट गेटवे मार्फत रकम भुक्तानी गरेर पनि बस टिकट काट्न सक्नेछन।बससेवा डटकम नेपालको एकमात्र अनलाइन टिकटिङ गर्ने माध्यम हो। दियालो टेक्नोलोजिजले प्रवद्र्धन गरेको बससेवा डटकमले यातायात क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक सफ्टवेयर निर्माण गरी यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने कार्य गर्दै आएको छ।



More News



टानद्वारा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न

Posted: 2018-12-07 10:11:22

सुनाखरी न्युज/ काठमाडौ - ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी), थापागाउँ, बिजुलीबजारमा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न गरी प्रमुख


पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने

Posted: 2018-12-05 19:46:23

सुनाखरी न्युज/ काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र प्रसाद अधिकारीले पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने कुरा उल्लेख गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको “नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु“ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।...


नेपाल वायुसेवा निगम र जापानको ओसाका विमानस्थल विच निकट भविष्यमा उडान संचालन गर्न विचार आदान प्रदान

Posted: 2018-12-04 09:51:51

सुनाखरी न्युज/ काठमाडौ - जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने भएको छ । निगम र जापानी टोलीका उच्च पदाधिकारी बीच छलफल भयो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व ...


एनएमको पाँचौं अन्तर्रा्ष्ट्रिय हिमालयन महोत्सव २४ देखि २६ सम्म पोखरामा हुने

Posted: 2018-12-02 18:10:43

सुनाखरी न्युज/ पोखरा - अन्तर्रा्ष्ट्रिय पर्वतीय दिवसको रुपमा डिसेम्बर ११ लाई मनाउँदै आएको अवसरमा यस वर्षपनि पोखरामा पाचौं संस्करणको अन्तर्रा्ष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रास्थित मंसिर २४, २५ र २६ गते महोत्सवको आयोजना गर्न लागिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।...


पन्ध्रौँ चितवन हात्ती महोत्सव पुस ११ देखि १५ गते सम्म सौराहाको बाघमारा चौरमा

Posted: 2018-12-02 11:09:59

सुनाखरी न्युज/ चितवन - पन्ध्रौँ चितवन हात्ती महोत्सव यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलो सहितको महोत्सव आयोजना ...


Advertisements