घुमफिर-पर्यटन

सुविधा सम्पन्न काठमाडौँ - सुनौली हुँदै लुुम्बिनी सम्म पर्यटकीय बस सेवा सञ्चालन

Posted: 2018-10-08 11:02:17

सुनाखरी न्युज/ काठमाडौं - ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ सुनौली हुँदै लुुम्बिनी सम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन । प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्याधुनिक र सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । सुविधायुक्त सोफा सिट रहेको बसमा चर्पीदेखि चुरोट पिउने कोठासम्म रहेको छ । काठमाडौँको गौशालाबाट बिहान ६ः३० बजे लुम्बिनीका लागि छुट्ने बसको टिकट ट्राभल नेपाल अनलाइनमार्फत समेत लिन सकिने लोहनीले बताउनुभयो । सात बस रहेको ट्राभल नेपालले चार बस पोखरामा सञ्चालन गर्दै आएको छ । 
 
 
टुरिष्ट बस एशोसियसन अफ नेपाल (टिवान)का महासचिव कृष्ण आचार्यले मुलुकको पर्यटन विकासका लागि काठमाडौँ–लुम्बिनी बस सेवाले ठूलो सहयोग पुग्ने बताउनुभयो । दैनिक आन्तरिक तथा बाह्य हजारौँ पर्यटकलाई ओहोरदोहोर गराउने पर्यटकीय बसका लागि काठमाडौँमा छुट्टै बसपार्क नहुँदा समस्या परेको छ । काठमाडौँको कान्तिपथ सडकबाट पर्यटक बोकेर आवतजावत गरिरहेका पर्यटकीय बस यतिबेला सोह्रखुट्टे सडकबाट यात्रु बोकेर ओहोरदोहोर गरिरहेका छन् । पर्यटनको विकासका लागि एशोसियसनले काठमाडौँदेखि जनकपुर र बर्दियामा पनि बस सञ्चालन गर्न लागे पनि पार्किङका लागि पूर्वाधारको विकास र सडक राम्रो नहुँदा समस्या परेको छ । काठमाडौँबाट देशका विभिन्न भागमा पर्यटक लैजान हाल एक सय हाराहारीका बसले यात्रुलाई सेवा दिइरहेका छन् । 



More News



संरक्षित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागी शूल्कबृद्धि गरेकोमा टानको आपत्ति

Posted: 2018-10-16 12:33:39

सुनाखरी न्युज/ काठमाडौं - सरकारले अन्नपूर्ण, मनास्लु र गौरीशंकर संरक्षित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकबाट लिने प्रवेश शूल्क बढाएको छ । स्वदेशी पर्यटकका लागि यसअघि निशुल्क प्रवेश दिँदै आएपनि सरकारले संरक्षित क्षेत्रमा जान शूल्कबृद्धि गरेको हो । संरक्षित क्षेत्रमा जान स्वदेशी पर्यटकले १ सय ...


गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो (परिचयसहित अपडेट)

Posted: 2018-10-14 11:47:47

सुनाखरी न्युज/ म्याग्दी - धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव चार दिनपछि आइतबार बिहान भेटिएको छ ।हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी ...


गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, एकजना वेपत्ता

Posted: 2018-10-13 10:00:46

सुनाखरी न्युज/ म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् । काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ ।...


अब साझाका टिकट अनलाइनबाटै काट्न सकिने

Posted: 2018-10-11 10:15:19

सुनाखरी न्युज/ काठमाडौं - साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ। सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट ...


सुविधा सम्पन्न काठमाडौँ - सुनौली हुँदै लुुम्बिनी सम्म पर्यटकीय बस सेवा सञ्चालन

Posted: 2018-10-08 11:02:17

सुनाखरी न्युज/ काठमाडौं - ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल ...


Advertisements