घुमफिर-पर्यटन

यतिको ७२ सिट क्षमताको एटीआर ७२ - ५०० पोखरा- काठमाडौं उडान शुरू

Posted: 2018-10-04 08:38:53

सुनाखरी न्युज/ काठमाडौं - बढ्दो विमान सेवाको माग र पर्यटकीय सिजन शुरू भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यति एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं उडान थाल्ने बताएको छ । यतिले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमताको एटीआर ७२–५०० जहाजबाट बुधबारदेखि काठमाडौं–पोखरा–काठमाडौं रुटमा उडानको तालिका बनाएको छ । यतिका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधवारदेखि दैनिक २ वटा उडान एटीआर ७२–५०० बाट गर्ने तालिका बनाएको छ । यात्रुको माग अनुसार उडान थप्न सकिने बताए । एटीआर बाहेक यतिले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने बताए । एटीआर बाहेक यतिले यतिबेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १२ वटासम्म उडान तालिका बनेपनि १० वटासम्म उडान नियमित रुपमा भइरहेको उनले बताए । ७२ सिट भएपनि पोखरा विमानस्थलको धावनमार्ग कम भएकाले पूर्ण क्षमतामा भने यात्रु बोक्न सक्ने छैन । बढीमा ६० जना यात्रु एउटा उडानबाट आउजाउ गर्ने गरी हालका लागि उडान थाल्ने राईले बताए । ‘शुरूवात ६० जना यात्रु बोकेर गर्ने हो,’ उनले भने । राईका अनुसार यतिले हालका लागि एटीआर ७२ को दैनिक २ उडान पोखराका लागि राखेको छ । हरेक दिन बिहान साढे ७ र ९ बजे उडान गर्ने तालिका तय गरेको उनले बताए । 
 
 
पोखरा विमानस्थलका प्रमुख भोलाप्रसाद गुरागाइले पनि यतिले ठूलो आकारको जहाजबाट उडान शुरू गर्न थालेको बताए । ‘एकैपटक धेरै यात्रु बोक्ने हुँदा आउजाउमा सहज हुनेछ,’ उनले भने, ‘ठूलो जहाजबाट उडान हुँदा हवाई टिकटको अभाव कम हुनेछ । अहिले सिजनका बेला पोखरा–काठमाडौं रुटमा यात्रुले चाहेको बेला हवाइ टिकट पाउन सक्दैनन् । पोखरा विमानस्थलको धावनमार्ग १ हजार ४ सय ४७ मिटर छ । धावनमार्ग छोटो हुनाले एटीआर ७२ ले पूरा यात्रु क्षमतामा यात्रु बोक्न सक्दैन । मौसम चिसो भएको बेला बढी भार बोक्न सक्छ । तातो हुँदा कम भार बोक्न सक्ने हो । गर्मीमा भन्दा जाडो महिनामा एटीआर ७२ ले धेरै यात्रु बोक्न सक्नेछ, उनले भने, जहाजको यात्रु बोक्ने क्षमता तापक्रमले फरक पार्दछ । अहिले उडान भइरहेको जहाजले पनि सोही अनुसार यात्रु बोक्दै आएको बताए । 



More News



ओयोले गुणस्तरीय होटलहरू सृजना गर्दै

Posted: 2018-12-12 09:56:15

सुनाखरी न्युज/ काठमाडौ - कल्पना गर्नुहोस् कि तपाईं बिना कुनै योजना अचानकै पहिलो पटक नयाँ शहरको यात्रामा निस्किन पर्ने भयो । तपाईं एकदमै थकित भईसक्नुभयो र तपाईंले अझै पनि एउटा राम्रो होटल पाउनु भएको छैन । सबै राम्रा ...


टानद्वारा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न

Posted: 2018-12-07 10:11:22

सुनाखरी न्युज/ काठमाडौ - ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी), थापागाउँ, बिजुलीबजारमा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न गरी प्रमुख


पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने

Posted: 2018-12-05 19:46:23

सुनाखरी न्युज/ काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र प्रसाद अधिकारीले पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने कुरा उल्लेख गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको “नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु“ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।...


नेपाल वायुसेवा निगम र जापानको ओसाका विमानस्थल विच निकट भविष्यमा उडान संचालन गर्न विचार आदान प्रदान

Posted: 2018-12-04 09:51:51

सुनाखरी न्युज/ काठमाडौ - जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने भएको छ । निगम र जापानी टोलीका उच्च पदाधिकारी बीच छलफल भयो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व ...


एनएमको पाँचौं अन्तर्रा्ष्ट्रिय हिमालयन महोत्सव २४ देखि २६ सम्म पोखरामा हुने

Posted: 2018-12-02 18:10:43

सुनाखरी न्युज/ पोखरा - अन्तर्रा्ष्ट्रिय पर्वतीय दिवसको रुपमा डिसेम्बर ११ लाई मनाउँदै आएको अवसरमा यस वर्षपनि पोखरामा पाचौं संस्करणको अन्तर्रा्ष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रास्थित मंसिर २४, २५ र २६ गते महोत्सवको आयोजना गर्न लागिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।...


Advertisements