घुमफिर-पर्यटन

दशैँको बुकिङ सकिएपछि अतिरिक्त उडान थप्ने तयारीमा एयरलाइन्स

Posted: 2018-10-01 10:33:05

सुनाखरी न्युज/ काठमाडौ - दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ । राजधानी काठमाडौँबाट विभिन्न गन्तव्यमा उडान भर्ने वायु सेवाले ७० देखि ७५ प्रतिशत टिकट बुकिङ भइसकेको बताएका छन् । बुद्ध एयर, यती एयर, श्री एयर, सौर्य एयर लगायतले दशैँका लागि टिकट बिक्री गरिसकेको जनाएको छ । घटस्थापना सम्म सामान्य अवस्था र फूलपाती अघि सम्म केही सुगम गन्तब्यमा मात्र टिकट पाउन सकिनेछ । अष्टमी, नवमी र दशमीसम्म यात्रुले टिकट पाउने छैनन् । तुम्लिङटार लगायतका गन्तब्यमा दुई साता अघिनै टिकट सकिएको वायु सेवा कम्पनीको भनाई छ ।
 
 
यसैबीच दशैँमा यात्रुको चापलाई मध्यनजर गर्दै वायुसेवा कम्पनीले अतिरिक्त उडान गर्ने तयारी गरेका छन् । तर यस्तो उडान आवश्यक गन्तव्य र विमानको पर्याप्तता हेरेर मात्र हुनेछ । बुद्ध, यती, श्री एयर, सौर्य एयरलाइन्स लगायतका आन्तरिक उडान भर्ने कम्पनीहरूले चाप भएका गन्तब्यमा उडान थप्ने जनाएका हुन् । वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता घनश्याम आचार्यले गन्तव्य अनुसार ६० देखि ७५ प्रतिशत दशैँको टिकट बुकिङ भएको जानकारी दिनुभयो । दशैँमा यात्रुको चाप, गन्तब्य र विमानको अवस्थालाई मध्यनजर गरी अतिरिक्त उडानको तयारी पनि गरिएको सङ्घले जनाएको छ । आन्तरिक तर्फ हेलिकोप्टर सहित २० वटा वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन ।
 



More News



टानद्वारा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न

Posted: 2018-12-07 10:11:22

सुनाखरी न्युज/ काठमाडौ - ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी), थापागाउँ, बिजुलीबजारमा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न गरी प्रमुख


पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने

Posted: 2018-12-05 19:46:23

सुनाखरी न्युज/ काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र प्रसाद अधिकारीले पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने कुरा उल्लेख गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको “नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु“ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।...


नेपाल वायुसेवा निगम र जापानको ओसाका विमानस्थल विच निकट भविष्यमा उडान संचालन गर्न विचार आदान प्रदान

Posted: 2018-12-04 09:51:51

सुनाखरी न्युज/ काठमाडौ - जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने भएको छ । निगम र जापानी टोलीका उच्च पदाधिकारी बीच छलफल भयो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व ...


एनएमको पाँचौं अन्तर्रा्ष्ट्रिय हिमालयन महोत्सव २४ देखि २६ सम्म पोखरामा हुने

Posted: 2018-12-02 18:10:43

सुनाखरी न्युज/ पोखरा - अन्तर्रा्ष्ट्रिय पर्वतीय दिवसको रुपमा डिसेम्बर ११ लाई मनाउँदै आएको अवसरमा यस वर्षपनि पोखरामा पाचौं संस्करणको अन्तर्रा्ष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रास्थित मंसिर २४, २५ र २६ गते महोत्सवको आयोजना गर्न लागिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।...


पन्ध्रौँ चितवन हात्ती महोत्सव पुस ११ देखि १५ गते सम्म सौराहाको बाघमारा चौरमा

Posted: 2018-12-02 11:09:59

सुनाखरी न्युज/ चितवन - पन्ध्रौँ चितवन हात्ती महोत्सव यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलो सहितको महोत्सव आयोजना ...


Advertisements