घुमफिर-पर्यटन

वायुसेवा निगमले काठमाडौं–दुबई दैनिक उडान गर्ने

Posted: 2018-07-08 07:56:20

 
सुनाखरी न्युज/
युएई-
 राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले (नेवानि) काठमाडौं( दुबई दैनिक उडान गर्ने भएको छ। चार वर्ष पछि २०१६ अगष्ट १८ बाट युएईका लागि पहिलो उडान सुरु गरेको नेवानिले काठमाडौं (दुबई दैनिक उडान अगःट १ तारिकबाट सुरु गर्ने भएको हो।
 
 नेवानिले हप्तामा चार दिन युएईको दुबईबाट आईतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्दै आएको छ। धेरै मेहनत र प्रयास पछि नेवानीले दैनिक उडान गर्न लागेको निगमका कन्ट्री म्यानेजर रमेश पौडेलले बताए।
 
नेवानीले दैनिक उडान गर्ने भएपछि अबुधाबीको एलेक्टा र मुसफाबाट दुबई अन्तराष्ट्रिय टर्मिनल (२ मा आउन र जान दैनिक बस सेवा समेत सुचारू गर्ने भएको छ। युएईको अबुधाबिबाट नेवानिको टिकट लिने ग्राहकले टिकट लिदा नै बसमा जाने नजाने जानकारी दिनु पर्ने पर्ने पौडेलले बताए।



More News



भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैंग्लोरमा पर्यटन प्रवर्द्धन गर्दै "हान"

Posted: 2018-11-14 15:39:38

सुनाखरी न्युज/ काठमाडौं - होटल एसोसियसन अफ नेपाल (हान) ले भारतको बैंग्लोरमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने भएको छ। नोभेम्बर १९ मा पर्यटन प्रवर्द्धनका लागि बैंग्लोरमा कार्यक्रम गर्न लागिएको हानका अध्यक्ष अमरमान ...


नेपाल भ्रमण वर्ष सन २०२० लाई सफल बनाउन सहयोग गर्ने चीनको प्रतिबद्धता

Posted: 2018-11-13 16:51:27

सुनाखरी न्युज/ काठमाडौं - नेपाल भ्रमण वर्ष सफल बनाउन आवश्यक सहयोग गर्न चीन तयार गरेको बताएको छ। नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री ल्यु सुगांगले मंगलबार संस्कृति, पर्यटन तथा ...


सौराहालाई केन्द्रबिन्दु मानेर पर्यटकीय गुरुयोजना अन्तिम चरणमा, पर्यटकीय पूर्वाधारलाई प्राथमिकता

Posted: 2018-11-12 14:21:27

सुनाखरी न्युज/ काठमाडौं - पर्यटकीय नगरी सौराहालाई केन्द्रबिन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय ...


काठमाडौं- जनकपुर पर्यटकीय बस सेवा सञ्चालनमा

Posted: 2018-11-11 09:19:04

सुनाखरी न्युज/ काठमाडौं - दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ। यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ...


तिलिचो ताल जोड्ने छोटो पदमार्ग निर्माण

Posted: 2018-11-10 08:00:37

सुनाखरी न्युज/ मुस्ताङ - मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ। जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ...


Advertisements