घुमफिर-पर्यटन

बुद्ध एयरको नेपालगञ्ज नयाँ दिल्ली उडान तालिका स्वीकृत

Posted: 2018-07-06 14:22:31

सुनाखरी न्युज/ काठमाडौं - नागरिक उड्डयन प्राधिकरणले बुध्द एयरको नेपालगञ्ज दिल्ली हवाई उडानको तालिका स्विकृत गरेको छ। स्विकृत गरिएको उडान तालिका सन् २०१९ को जनवरी १ देखि लागु हुनेछ । बुध्द एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि दैनिक ३ उडान स्विकृतिका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार सहित अनुरोध गरेको थियो। यसैक्रममा नेपाल पर्यटन तथा संस्कृति मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुध्द एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ। भारत सरकारले पनि उडान स्विकृति दिएमा आगामि अंग्रेजी नयाँ वर्षका दिनदेखि दैनिक बिहान ६ स्३०, दिउँसो १स्०० र साँझ ५ स् १० बजे उडान सेवा सुरु हुनेछ।
 
 
बुध्द एयरले उडानका लागि आफ्नो तर्फबाट गृहकार्य गरिरहेको पनि प्रेस विज्ञप्तिमा जनाएको छ। दिल्लीमा संसारभरिका विभिन्न एयरलाइन्स मार्फत यात्रु तथा पर्यटकहरुको व्यापक आवाजावत हुने गरेको छ। यसैलाई ध्यानमा राखि बुध्द एयरले विभिन्न एयरलाइन्सहरु सँग अन्तरदेशीय टिकट बिक्री वितरणका लागि इन्टरलाइन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नका लागि विभिन्न कम्पनीहरुसँग पत्राचार गरेको जनाएको छ।
 
 
उक्त उडान सुरु भएमा सुदुरपश्चिम र पश्चिमका जनताहरु प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ। नेपालगञ्ज नयाँ दिल्लीको उडान लगत्तै बुध्द एयरले नेपालगञ्ज पोखराको दैनिक उडान पनि भर्ने विज्ञप्तिमा जनाएको छ।



More News



चीनका विभिन्न शहरमा हवाई सेवा विस्तार गर्न माग

Posted: 2018-09-21 10:43:29

सुनाखरी न्युज/ काठमाडौँ - नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ। नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे नेतृत्वको ...


यति एयरलाइन्सले थप्यो तेस्रो एटिआर जहाज

Posted: 2018-09-19 12:26:20

सुनाखरी न्युज/ काठमाडौं - निजी क्षेत्रको वायुसेवा प्रदायक यति एयरलाइन्सले एटिआर जहाज ल्याएको छ। आन्तरिक उडान गरिरहेको यतिले लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्नेगरी एटिआर७२-५०० सिरिजको जहाज ल्याएको हो । यही ...


धावनमार्गमा समस्या आएपछि विमान आकाशमै

Posted: 2018-09-19 05:17:43

काठमाडौँ- धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ । रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ...


‘पाटा ट्राभल मार्ट २०१८’ मा नेपाल सहभागी

Posted: 2018-09-18 13:17:24

सुनाखरी न्युज/ काठमाडौं - सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डले नेपाल भ्रमण ...


दाङको टरिगाउँ एयरपोर्ट दशैं अघि नै सञ्चालनमा आउने

Posted: 2018-09-17 08:12:21

सुनाखरी न्युज/ काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले दशैँ अगाडि नै दाङको टरिगाउँ एयरपोर्ट सञ्चालनमा ल्याउने बताएका छन्। तुलसीपुर उपमहानगरपालिकाले एयरपोर्ट सञ्चालनका लागि दाङमा आज ...


Advertisements