घुमफिर-पर्यटन

वर्षातका कारण चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द, असोज दोस्रो सातादेखि पुन शुरु हुने

Posted: 2018-07-05 13:02:58

सुनाखरी न्युज/ चितवन - वर्षायाम शुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी बन्द गरिएको छ । वर्षात्मा पानी बढी हुने, रुख ढल्ने, बाटोसमेत चिप्लो हुने, घाँस पनि बढ्ने एवं जंगली जनावर समेत नदेखिने कारणले निकुञ्जले जिप सफारी बन्द गरेको हो । निकुञ्जका सूचना अधिकारीका अनुसार पछिल्लो समय पर्यटक बोकेका जिप बाटोमा फसेर उद्धार समेत गर्नुपर्ने भएपछि असार १५ गतेदेखि बन्द गरिएको हो । जंगली जनावर नदेखिँदा निकुञ्जका बारेमा गलत सन्देश नजाओस भनेर पनि यतिबेला सफारी बन्द गरिएको सूचना अधिकारीले बताउनुभयो । गत वर्षमा पनि यो समयमा जिप सफारी बन्द गरिँदै आएको थियो । चितवनको सौराहाबाट दैनिक ४३ वटा, कसराबाट १०, मेघौलीबाट सात र नवलपुरको अमलटाँरीबाट पाँचवटा जिपले पर्यटक सफारी गराउने गरेका थिए । बन्द भएको जिप सफारी असोजको दोस्रो सातादेखि पुन  शुरु हुने सूचना अधिकारीले बताए ।
 
 
भदौको अन्तिम साता मनसुन सकिएपछि झाडी फाँड्ने, भत्किएको बाटो मर्मत गर्ने, पुल मर्मत गर्ने, ढलेका रुख उठाउनेलगायतका काम गरेर पुनः जिप सञ्चालन गरिने उनले बताए । जिप सफारीबाट निकुञ्जले हरेक वर्ष करोडौँ रकम आम्दानी गर्दै आएको छ । गत जेठसम्ममा जिप सफारीबाट रु तीन करोड १७ लाख आम्दानी भएको निकुञ्जले जनाएको छ । जिप चढेर निकुञ्जको अवलोकन गर्न पर्यटक रुचाउँछन । प्रत्यक्ष रुपमा दुर्लभ बन्यजन्तु देख्न पाइने भएकाले जिप सफारी प्रभावकारी मानिएको छ ।
 



More News



भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बैंग्लोरमा पर्यटन प्रवर्द्धन गर्दै "हान"

Posted: 2018-11-14 15:39:38

सुनाखरी न्युज/ काठमाडौं - होटल एसोसियसन अफ नेपाल (हान) ले भारतको बैंग्लोरमा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्ने भएको छ। नोभेम्बर १९ मा पर्यटन प्रवर्द्धनका लागि बैंग्लोरमा कार्यक्रम गर्न लागिएको हानका अध्यक्ष अमरमान ...


नेपाल भ्रमण वर्ष सन २०२० लाई सफल बनाउन सहयोग गर्ने चीनको प्रतिबद्धता

Posted: 2018-11-13 16:51:27

सुनाखरी न्युज/ काठमाडौं - नेपाल भ्रमण वर्ष सफल बनाउन आवश्यक सहयोग गर्न चीन तयार गरेको बताएको छ। नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटनमन्त्री ल्यु सुगांगले मंगलबार संस्कृति, पर्यटन तथा ...


सौराहालाई केन्द्रबिन्दु मानेर पर्यटकीय गुरुयोजना अन्तिम चरणमा, पर्यटकीय पूर्वाधारलाई प्राथमिकता

Posted: 2018-11-12 14:21:27

सुनाखरी न्युज/ काठमाडौं - पर्यटकीय नगरी सौराहालाई केन्द्रबिन्दु मानेर जिल्लाको समग्र पर्यटकीय क्षेत्र जोड्ने गरी थालिएको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी २० वर्षमा सौराहासहित जिल्लाका पर्यटकीय ...


काठमाडौं- जनकपुर पर्यटकीय बस सेवा सञ्चालनमा

Posted: 2018-11-11 09:19:04

सुनाखरी न्युज/ काठमाडौं - दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ। यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ...


तिलिचो ताल जोड्ने छोटो पदमार्ग निर्माण

Posted: 2018-11-10 08:00:37

सुनाखरी न्युज/ मुस्ताङ - मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने ऐतिहासिक तथा पर्यटकीय गाउँ ठिनीदेखि संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ। जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ...


Advertisements