घुमफिर-पर्यटन

यसरी हुन्छ विदेशी पर्यटकमाथि योजनाबद्ध रुपमा ठगी

Posted: 2018-06-07 12:27:48

सुनाखरी न्युज 
 
पर्वतारोहणमा  जाने विदेशी पर्यटकलाई जरबजस्ती बिरामी बनाएर बीमा भुक्तानी गराई हुने गरेको ठगी योजनबाद्ध रुपमा हुने गरेको पाइएको छ । स्रोतका अनुसार उनले विदेशी पर्यटकहरु नेपाल भित्रिएलगत्तै पर्वतारोहणमा आफ्नो गाइडलाई साथ लगाएर पुग्दै नपुगेको ठाउँमा पुगेको भनि बिरामी भएको बहानामा हेलिकप्टरमार्फत उद्दार गर्ने र  आफैं सन्चालक रहेको क्वाइन इन्टरनेशनल अस्पतालमा भर्ना गराई उद्दार र उपचारको नाममा फर्जी बिल बनाएर बीमा भुक्तानी लिँदै आएका छन् । पर्यतारोहण अवधिका लागि  विदेशी पर्यटकले बीमा गरेका हुन्छन् । 
 
पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ठगी गरेर कमाएको पैसाले पाण्डेले आफ्नै आर्थिक हैसियतमै कायापलट गरेका छन् ।  राजधानीको ठमेलमा सञ्चालिन फ्लाइट कनेक्सन इन्टरनेशनले योजनाबद्ध ढंगले विदेशी पर्यटकलाई ठगी गर्ने गरेको पाइएको हो । फ्लाइट कनेक्सन इन्टरनेशनका सञ्चालक श्याम सुन्दर पाण्डेले आफ्नै लगानीको एयर डाइनेस्टी हेलिकप्टर र क्वाइन इन्टरनेशनल अस्पतालको दुरुपयोग गरी विदेशी पर्यटकमाथि ठगी गरिरहेको स्रोतको दाबी छ । 
 
संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र  अधिकारीले ट्रेकिङ व्यवसायीको बदमासीका कारण देशकै बद्नाम हुने अवस्था आउन खोजेको भन्दै  यस्ता  कम्पनीहरुमाथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउने बताउँदै आएका छन् ।नेपाल पर्यटन बोर्डका पूर्व सदस्य र टानका वर्तमान र पूर्व कार्यसमितिका केही पदाधिकारी समेत यस्तो धन्दामा संलग्न रहेको बताइएको छ । कारबाही प्रक्रिया अघि बढाउन मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिसकेको छ ।



More News



गुर्जा हिमालको हिमआँधीमा परेका नौ जनाको शव भेटियो (परिचयसहित अपडेट)

Posted: 2018-10-14 11:47:47

सुनाखरी न्युज/ म्याग्दी - धवलागिरि गाउँपालिका–१ स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर बेपत्ता भएका नौ जनाको शव चार दिनपछि आइतबार बिहान भेटिएको छ ।हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी ...


गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, एकजना वेपत्ता

Posted: 2018-10-13 10:00:46

सुनाखरी न्युज/ म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । अर्का एकजना वेपत्ता छन् । काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका थिए । जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ ।...


अब साझाका टिकट अनलाइनबाटै काट्न सकिने

Posted: 2018-10-11 10:15:19

सुनाखरी न्युज/ काठमाडौं - साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ। सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट ...


सुविधा सम्पन्न काठमाडौँ - सुनौली हुँदै लुुम्बिनी सम्म पर्यटकीय बस सेवा सञ्चालन

Posted: 2018-10-08 11:02:17

सुनाखरी न्युज/ काठमाडौं - ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल ...


यतिको ७२ सिट क्षमताको एटीआर ७२ - ५०० पोखरा- काठमाडौं उडान शुरू

Posted: 2018-10-04 08:38:53

सुनाखरी न्युज/ काठमाडौं - बढ्दो विमान सेवाको माग र पर्यटकीय सिजन शुरू भएसँगै निजी क्षेत्रको हवाई कम्पनी यति एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाडौं–पोखरा–काठमाडौं उडान थाल्ने बताएको छ । यतिले पछिल्लो पटक ...


Advertisements