घुमफिर-पर्यटन

हवाई भाडा बढ्यो, कहाँ जान कति लाग्छ हेर्नुस्

Posted: 2018-06-04 10:47:02

सुनाखरी न्युज/ काठमाडौ - इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेपछी १५ वटा निजी वायुसेवा सञ्चालकहरूको संगठन आयोन ले मंगलबारदेखि लागू हुने गरी बढीमा २ सय २० रुपैयाँसम्म हवाई भाडा बढाउने निर्णय गरेको छ । यात्रुको टिकट शुल्कमा फेयर भाडा, फयुल सर चार्ज इन्धन शुल्क र विमानस्थल शुल्क गरी तीनवटा शीर्षक हुन्छन्। यती एयरलाइन्सका अनुसार यसपटक एयरलाइन्स सञ्चालकहरूले फयुल सर चार्ज अन्तर्गत लिने शुल्क मात्र  वृद्धि गरेका छन। अहिले भाडा नभई इन्धन शुल्क मात्रै बढाउने निर्णय भएको हो। निजी एयरलाइन्सले हवाई इन्धनमा कम्तीमा ४ रुपैयाँ प्रतिलिटर हवाई इन्धनको मूल्य थपघट हुँदा फयुल सर चार्ज पुनरावलोकन गर्छन । उनीहरूले पुनरावलोकन गरेको दरलाई नागरिक उड्डयन प्राधिकरणले सदर गर्नुपर्छ। प्राधिकरणका उपमहानिर्देशकले वायुसेवा सञ्चालकले पठाएको प्रस्ताव प्राधिकरणमा आइपुगेको तर सदर भइनसकेको बताए । उनका अनुसार, प्राधिकरणका महानिर्देशकले यसलाई सदर गर्नुपर्छ।
 
 
आयोनको सदस्य एयरलाइन्स सिम्रिकका अनुसार, वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले ट्रंक सुगम रुट र स्टल पहाडी रुट दुवैको हवाई टिकटमा फयुल सर चार्ज वृद्धि गरी प्राधिकरणमा सिफारिश गरेको हो। संघले यसअघि पुसमा पनि हवाई इन्धनको मूल्य वृद्धि हुँदा फयुल सर चार्ज बढाएको थियो। हवाई इन्धनको कम्तीमा ४ रुपैयाँ प्रतिलिटर घटबढ हुँदा इन्धन शुल्क पनि घटाउने वा बढाउनका लागि फ्युल सरचार्ज समायोजन समिति छ। यसमा आयोनसँगै नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण पनि रहेको छ। 
 
 
आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी इन्धनको भाउ बढाएको हो।



More News



हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

Posted: 2018-08-17 11:22:59

सुनाखरी न्युज/ काठमाडौं - नेपालबाट अन्तर्रा्ष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्रा्ष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा ...


दुर्लभ एक सिङ्गे गैंडा मृत फेला

Posted: 2018-08-17 10:51:25

सुनाखरी न्युज/ रत्ननगर - चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३० / ३५ वर्षको गैंडा मरेको ...


बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने, आइतबार देखि ७ बजे नै उडान भर्ने

Posted: 2018-08-16 14:57:40

सुनाखरी न्युज/ पोखरा - बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ । पोखराबाट नियमित ८ बजे देखि काठमाडौंका लागि उडान हुने गरेकोमा बुद्धले आइतबार देखि ७ बजे नै उडान भर्ने ...


पर्यटक भित्र्याउन कीर्तिपुर नगरपालिकाको यस्तो तयारी

Posted: 2018-08-15 14:46:04

सुनाखरी न्युज/ काठमाडौं - कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको ...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ८ घण्टा वन्द गरेर धावन मार्ग निर्माण गरिने

Posted: 2018-08-13 16:28:46

सुनाखरी न्युज/ काठमाडौं - पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो मन्त्रालयबाट भएका कामबारे संघीय संसदलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा समय मागेर बोल्दै ...


Advertisements