घुमफिर-पर्यटन

पर्यटकको बसाइँ अवधि घट्दै, खर्च बढ्दै

Posted: 2018-06-02 07:39:11

 
सुनाखरी न्युज/
काठमाडौं-
  
अघिल्लो वर्षको तुलनमा नेपाल घुम्न आउने पर्यटकको बसाइँ अवधि घटेको छ।
 
बसाइँ अवधिमा खर्च भने बढ्दै गएको देखिन्छ। सन् २०१७ मा प्रति पर्यटक औसत १२.६ दिनको बसाइँ अवधि रहेको छ भने प्रतिदिन प्रति पर्यटक खर्च ५४ अमेरिकी डलर छ। सन् २०१६ मा प्रतिपर्यटक बसाइँ अवधि औसत १३.४ दिन र प्रतिदिन प्रतिपर्यटक खर्च ५३ अमेरिकी डलर थियो।
 
यसरी सन् २०१७ मा पर्यटक आगमनमा वृद्धि भए पनि पर्यटकको औसत बसाइँ अवधि घटेको छ। सन् २०१७ मा करिब १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए।
 
पर्यटनबाट ५८ अर्ब आम्दानी
 
मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा लिइने पर्यटन क्षेत्रबाट ५८ अर्ब भन्दा बढी विदेशी मुद्रा आर्जन भएको छ।
 
आर्थिक सर्वेक्षण २०७४र७५ अनुसार पर्यटन क्षेत्रबाट ५८ अर्ब ५२ करोड ७० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको पाइएको हो। यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.३ प्रतिशत, कूल वस्तु निर्यात तथा सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २४.३ प्रतिशत, आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५.१ प्रतिशत र कूल गार्हस्थ उत्पादनको अनुपातमा २.३ प्रतिशत हो।
 
चालु आवको प्रथम आठ महिनामा पर्यटन क्षेत्रबाट ४३ अर्ब ४६ करोड ५० लाख बराबरको विदेशी मुद्रा आर्जन भएको छ। यो कूल वस्तु निर्यातबाट प्राप्त विदेशी मुद्राको अनुपातमा ७१.४ प्रतिशत, कूल वस्तु निर्यात एवं सेवाबाट प्राप्त विदेशी मुद्रा आर्जनको अनुपातमा २५.४ प्रतिशत र आर्जित कूल विदेशी मुद्राको अनुपातमा ५।७ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ। रासस



More News



त्रिभुवन विमानस्थलमा यस्तो छ ‘ब्याकअप’, जहाज दुर्घटना भए उद्धार कति समयमा होला ?

Posted: 2018-06-20 08:35:36

सुनाखरी न्युज/ काठमाडौं- त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा केही महिना अघि युएस बंगला विमान दुर्घटनापछि उद्धारका बारेमा प्रश्न उठ्यो। विमान दुर्घटना हुनेवित्तिकै अग्नि नियन्त्रकसहितको टोलीले उद्धारमा ढिलाई गर्दा जनधनको क्षति बढी भएको आलोचना समेत भयो।तर विमानस्थलको अग्नि नियन्त्रण विभागले अन्तर्रा्ष्ट्रिय नागरिक उड्ययन...


श्री एयरलाइन्सले थप्यो जहाज

Posted: 2018-06-19 11:53:41

सुनाखरी न्युज/ काठमाडौ - आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्सले एउटा जहाज थप गरेको छ। श्रीले आन्तरिक उडान संख्या बढाउन बम्बार्डियरको सिआरजे ७०० मोडलको जहाज आज काठमाडौं ल्याइपु¥याएको हो।नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति कुर्दै दिल्लीमा रहेको जहाज आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सका म्यानेजर अनिल मानन्धरले जानकारी दिए । ७० सिट क्षमता भएको उक्त जहाजको नेपाली दर्ता नम्बर कलसाइन नाइन एन एमओ रहेको छ। ...


४०० बढि सगरमाथा शिखरमा पुगे यो बर्ष, ३६ करोड राजश्व संकलन

Posted: 2018-06-09 07:13:54

सुनाखरी न्युज/ कठामाडौं - यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रूपैयाँ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।...


यसरी हुन्छ विदेशी पर्यटकमाथि योजनाबद्ध रुपमा ठगी

Posted: 2018-06-07 12:27:48

पर्वतारोहणमा जाने विदेशी पर्यटकलाई जरबजस्ती बिरामी बनाएर बीमा भुक्तानी गराई हुने गरेको ठगी योजनबाद्ध रुपमा हुने गरेको पाइएको छ । स्रोतका अनुसार उनले विदेशी पर्यटकहरु नेपाल भित्रिएलगत्तै पर्वतारोहणमा आफ्नो गाइडलाई साथ लगाएर पुग्दै नपुगेको ठाउँमा पुगेको भनि .......


हवाई भाडा बढ्यो, कहाँ जान कति लाग्छ हेर्नुस्

Posted: 2018-06-04 10:47:02

सुनाखरी न्युज/ काठमाडौ - इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेपछी १५ वटा निजी वायुसेवा सञ्चालकहरूको संगठन आयोन ले मंगलबारदेखि लागू हुने गरी बढीमा २ सय २० रुपैयाँसम्म हवाई भाडा बढाउने निर्णय गरेको छ । यात्रुको टिकट शुल्कमा फेयर भाडा, फयुल सर चार्ज इन्धन शुल्क र विमानस्थल शुल्क गरी तीनवटा शीर्षक हुन्छन्। यती एयरलाइन्सका अनुसार यसपटक एयरलाइन्स सञ्चालकहरूले फयुल सर चार्ज अन्तर्गत लिने शुल्क मात्र वृद्धि गरेका छन। अहिले भाडा नभई इन्धन शुल्क मात्रै बढाउने निर्णय भएको हो। निजी एयरलाइन्सले हवाई इन्धनमा कम्तीमा ४ रुपैयाँ प्रतिलिटर हवाई इन्धनको मूल्य थपघट हुँदा फयुल सर चार्ज पुनरावलोकन गर्छन । ...


Advertisements