घुमफिर-पर्यटन

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

Posted: 2018-05-27 20:17:09

 
सुनाखरी न्युज/
चितवन — भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम विमानमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरिएको छ । 
 
 
 
अपराह्न ४ बजेर १० मिनेटमा उडेको जहाजमा भरतपुरको रिजालचोकमाथि पुग्दा सानो भंगेरो जातको चरा इन्जिनमै ठोक्किएपछि आकस्मिक अवतरण गरिएको यति एयरका भरतपुर शाखा प्रवन्धक राजेश सिंहले जानकारी दिए । यति जहाज २२ यात्रु लिएर काठमाडौँका लागि उडेको थियो । प्रबन्धक सिंहका अनुसार क्याप्टेन रमेश श्रेष्ठले जहाज उड्ने बित्तिकै इन्जिनमा चरा छिरेको आशंका गरेपछि तत्कालै भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए । समयमै अवतरण गराएका कारण ठूलो दुर्घटनाबाट जहाज जोगिएको भरतपुर विमानस्थलले जनाएको छ । यात्रुहरु सकुशल रहेका छन् ।
 
उनीहरुलाई अर्को जहाज झिकाएर काठमाडौँ पठाइएको सिंहले बताए । अर्को जहाजमा इन्जिनियर पनि आएका छन् । चरा ठोक्किएको जहाजको परीक्षण गरेपछि तत्काल उडान गर्न सकिने कि नसकिने भन्ने यकिन हुने भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमले बताए ।
 
यसअघि पनि तारा एयरको विमान भरतपुरबाट मेघौली जाँदा चरा ठोक्किएपछि जहाजमै प्वाल परेको थियो । रासस



More News



त्रिभुवन विमानस्थलमा यस्तो छ ‘ब्याकअप’, जहाज दुर्घटना भए उद्धार कति समयमा होला ?

Posted: 2018-06-20 08:35:36

सुनाखरी न्युज/ काठमाडौं- त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा केही महिना अघि युएस बंगला विमान दुर्घटनापछि उद्धारका बारेमा प्रश्न उठ्यो। विमान दुर्घटना हुनेवित्तिकै अग्नि नियन्त्रकसहितको टोलीले उद्धारमा ढिलाई गर्दा जनधनको क्षति बढी भएको आलोचना समेत भयो।तर विमानस्थलको अग्नि नियन्त्रण विभागले अन्तर्रा्ष्ट्रिय नागरिक उड्ययन...


श्री एयरलाइन्सले थप्यो जहाज

Posted: 2018-06-19 11:53:41

सुनाखरी न्युज/ काठमाडौ - आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्सले एउटा जहाज थप गरेको छ। श्रीले आन्तरिक उडान संख्या बढाउन बम्बार्डियरको सिआरजे ७०० मोडलको जहाज आज काठमाडौं ल्याइपु¥याएको हो।नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति कुर्दै दिल्लीमा रहेको जहाज आज त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सका म्यानेजर अनिल मानन्धरले जानकारी दिए । ७० सिट क्षमता भएको उक्त जहाजको नेपाली दर्ता नम्बर कलसाइन नाइन एन एमओ रहेको छ। ...


४०० बढि सगरमाथा शिखरमा पुगे यो बर्ष, ३६ करोड राजश्व संकलन

Posted: 2018-06-09 07:13:54

सुनाखरी न्युज/ कठामाडौं - यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रूपैयाँ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।...


यसरी हुन्छ विदेशी पर्यटकमाथि योजनाबद्ध रुपमा ठगी

Posted: 2018-06-07 12:27:48

पर्वतारोहणमा जाने विदेशी पर्यटकलाई जरबजस्ती बिरामी बनाएर बीमा भुक्तानी गराई हुने गरेको ठगी योजनबाद्ध रुपमा हुने गरेको पाइएको छ । स्रोतका अनुसार उनले विदेशी पर्यटकहरु नेपाल भित्रिएलगत्तै पर्वतारोहणमा आफ्नो गाइडलाई साथ लगाएर पुग्दै नपुगेको ठाउँमा पुगेको भनि .......


हवाई भाडा बढ्यो, कहाँ जान कति लाग्छ हेर्नुस्

Posted: 2018-06-04 10:47:02

सुनाखरी न्युज/ काठमाडौ - इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढेपछी १५ वटा निजी वायुसेवा सञ्चालकहरूको संगठन आयोन ले मंगलबारदेखि लागू हुने गरी बढीमा २ सय २० रुपैयाँसम्म हवाई भाडा बढाउने निर्णय गरेको छ । यात्रुको टिकट शुल्कमा फेयर भाडा, फयुल सर चार्ज इन्धन शुल्क र विमानस्थल शुल्क गरी तीनवटा शीर्षक हुन्छन्। यती एयरलाइन्सका अनुसार यसपटक एयरलाइन्स सञ्चालकहरूले फयुल सर चार्ज अन्तर्गत लिने शुल्क मात्र वृद्धि गरेका छन। अहिले भाडा नभई इन्धन शुल्क मात्रै बढाउने निर्णय भएको हो। निजी एयरलाइन्सले हवाई इन्धनमा कम्तीमा ४ रुपैयाँ प्रतिलिटर हवाई इन्धनको मूल्य थपघट हुँदा फयुल सर चार्ज पुनरावलोकन गर्छन । ...


Advertisements