घुमफिर-पर्यटन

मुक्तिनाथमा मोदीः धार्मिक पर्यटनको मार्ग थप प्रशस्त

Posted: 2018-05-13 11:22:41

 
 
सुनाखरी न्युज/
 
काठमाडौँ-
 
नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक पर्यटनको अपार सम्भावनालाई उजागर गरिदिएको भन्दै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
 
 
नेपाल र भारतका हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाका केन्द्रका रुपमा रहेको मुक्तिनाथ क्षेत्रको आफ्नै विशिष्ट र अलौकिक पहिचान छ । भगवान् शिवको प्रतीकका रुपमा रहेको शालिग्रामलाई हिन्दू धर्मावलम्बीले विशेष श्रद्धासमेत गर्ने भएकाले पनि मुक्तिनाथ क्षेत्रको फरक पहिचान नेपालको पर्यटन क्षेत्रमा रहँदै आएको छ ।
 
नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथ मन्दिरमा गरेको पूजाआजा तथा त्यसको प्रत्यक्ष प्रचारले नेपालको पर्यटन क्षेत्रको उन्नयनमा थप योगदान पुगेको व्यवसायीको भनाइ छ ।
 
नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेको अन्नपूर्ण क्षेत्र, थोरोलङा भञ्ज्याङ, निलगिरि हिमाल र मुस्ताङको प्राकृतिक सुन्दरता तथा त्यस क्षेत्रको जनजीवन पनि पर्यटन प्रवद्र्धनको खास आधारका रुपमा रहेको छ ।
 
धार्मिक र प्राकृतिकरुपमा रहेको छुट्टाछुट्टै विशेषताले पनि यो क्षेत्र पर्यटनको प्रमुख आधार भएको व्यवसायीको भनाइ छ । छिमेकी मुलुकका कार्यकारी प्रमुखले मुक्तिनाथ क्षेत्रको भ्रमण गरेर नेपालको प्रमुख पर्यटकीय क्षेत्रको निःशुल्क प्रचार मात्रै गरिदिएका छैनन्, एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतीय नागरिकलाई सो क्षेत्रको भ्रमणका लागिसमेत प्रेरित गरिदिएको छ ।
 
नेपालकाबारेमा थाहा नपाएका र नेपाल आउन चाहनेलाई समेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले प्रेरणा दिएको भन्दै पर्यटन व्यवसायी उत्साहित भएका छन् ।
 
नेपाल आउने पर्यटकको पहिलो रोजाइमा अन्नपूर्ण क्षेत्र, मुस्ताङ, थोरोङला भञ्ज्याङ पुग्ने इच्छा राख्छन् । हिमालपारिको जिल्लाका रुपमा रहेको मुस्ताङको आफ्नै विशेषतासमेत रहेको छ । सोही विशेषतालाई धार्मिक पर्यटनमा जोड्नसमेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमण फलदायी रहेको व्यवसायी बताउँछन् ।
 
सरकारले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई समेत राखेको सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण धार्मिक पर्यटनको महत्वपूर्ण पाटो बन्न सक्ने पर्यटन क्षेत्रका जानकारको भनाइ छ ।
 
भारतका प्रधानमन्त्री मोदीको सामाजिक सञ्जालमा लाखौँ समर्थक रहेको सन्दर्भमा मुक्तिनाथ क्षेत्रको प्रत्यक्ष प्रचार भएको छ । उहाँ भारतका कार्यकारी प्रमुख तथा विश्वका सातौँ शक्तिशाली प्रधानमन्त्रीसमेत रहेको सन्दर्भमा उहाँको गतिविधिलाई प्रत्यक्षरुपमा नियालिरहेका विश्वका नागरिकलेसमेत एकपटक मुक्तिनाथ घुम्ने इच्छा व्यक्तमात्रै गर्दा पनि सो क्षेत्रमा एकैपटक हजारौँ पर्यटक भित्रिन सक्ने विश्वास व्यवसायीको छ ।
 
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीको एक महत्वपूर्ण तीर्थस्थल हो । मुक्तिनाथलाई हिन्दूले मुक्ति क्षेत्रकारुपमा लिने गरेका छन् ।
 
यस्तै मुक्तिनाथ वैष्णव संप्रदायको पनि प्रमुख मन्दिरमध्ये एक हो । यो तीर्थस्थल शालिग्राम भगवान्का लागि प्रसिद्ध छ । शालिग्रामलाई एउटा पवित्र शिलाका रुपमा लिएर पूजा गर्ने गरिन्छ । हिन्दू धार्मिक मान्यताका आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ ।
 
मुक्तिनाथ पुग्नका लागि हालको पोखरा, बाग्लुङ, म्यादी सडकखण्डको सुधार, मुक्तिनाथ, कागबेनी क्षेत्रमा बसोबासका लागि उपयुक्त होटलको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । सहज सवारी साधनको उपलब्धता तथा जोमसोङ विमानस्थलको स्तरोन्नति गर्नु जरुरी छ ।
 
अन्नपूर्ण संरक्षण क्षेत्र ९एक्याप० का अनुसार सन् २०१७ मात्रै एक लाख ५८ हजार ५७८ पर्यटकले पदयात्रा गरेका छन् । यो सन् २०१६ को तुलनामा ३९ प्रतिशतले बढी हो । सन् २०१६ मा एक लाख १४ हजार १०८ पर्यटकले सो क्षेत्रको पदयात्रा गरेका थिए । सन् २०१७ मा ३३ हजार २१५ भारतीय पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन् । संसारकै पर्यटकीय गन्तव्यका रुपमा रहेको सो क्षेत्रको प्रचारप्रसारका लागिसमेत भारतीय प्रधानमन्त्री मोदीको भ्रमण फलदायी रहेको छ ।



More News



शनिवारको ऐंसेलु हाइकिङ

Posted: 2018-05-26 06:27:01

सुनाखरी न्युज/ काठमाडौं- कुहु कुहु आवाज! खेतैभरी आलु खनिरहेका किसान । बाटो छेउमा ऐंसेलुका पहेंलपुर झुप्पैझुप्पा । अनि फूलमा झुम्मिएका भमरा झैं ऐंसेलुमा झुम्मिएका पदयात्री । प्रकृतिकै चुलोमा पाकेको ऐंसेलु, कति स्वादिला! ...


शनिबार त्रिशूली नदीमा ३०औँ वार्षिक जलयात्रा उत्सव हुने

Posted: 2018-05-25 10:18:57

सुनाखरी न्युज/ काठमाडौं - नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज नाराले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा र्‍याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्न लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा नाराका महासचिव शिव अधिकारीले जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रवद्र्धन गर्नका लागि उत्सव आयोजना गरिएको जानकारी दिए । नेपालका जलसम्पदालाई साहसिक जलयात्रा उद्योगका लागि अधिकतम सदुपयोग गरेर मुलुकको अर्थतन्त्र र रोजगारी वृद्धि गर्ने हाम्रो लक्ष्य हो । ...


दुर्गममा अव चार्टर उडान बन्द, नयाँ हवाइ भाडादर तोकियो

Posted: 2018-05-24 20:30:43

सुनाखरी न्युज/ बाँके– नेपाल सरकारले चार्टर उडान बन्द गर्दै दुर्गम क्षेत्रको नयाँ हवाइ भाडादर तोकेको छ। मन्त्रीस्तरको निर्णयले बिहीबारदेखि दुर्गम तथा कर्णाली क्षेत्रमा संचालन हुने चार्टर उडान खारेजी गरेको नेपालगन्जस्थित नागरिक उडडयन प्राधिकरणले बताएको छ। ...


चिनियाँ टोली नेपालमा रेलमार्ग अध्ययन गर्दै

Posted: 2018-05-24 07:42:37

सुनाखरी न्युज/ रसुवा — केरुङ–काठमाडौं रेलमार्ग निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययनको काम सुरु भएको छ । पूर्वसम्भाव्यता अध्ययन गर्न चिनियाँ प्राविधिक टोली बुधबार रसुवागढी नाकासम्म आइपुगेको छ ।...


त्रिभुवन विमानस्थल आजबाट २१ घण्टा सञ्चालनमा, ब्यवस्थापनमा कठीनाई

Posted: 2018-05-21 17:12:53

सुनाखरी न्युज/ काठमाडौँ- यात्रुलाई सहजरुपमा सेवा दिने लक्ष्यका साथ सरकारले सोमबारदेखि मुलुकको एकमात्र अन्तर्रा्ष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याउदैछ । यसअघि सरकारले २४सै घण्टा विमानस्थल सञ्चालन गर्ने बताए पनि साधन र स्रोतको व्यवस्थापन, जनशक्ति आदि कारणले तीन घण्टा कम अर्थात् २१ घण्टामात्रै सञ्चालन गर्न लागिएको हो । ...


Advertisements