घुमफिर-पर्यटन

पर्यटन मन्त्रालयमा ४९ जना ’थिंकट्यांक’ नियुक्त

Posted: 2018-05-04 20:31:04

 
सुनाखरी न्युज/
काठमाडौँ — मन्त्री रविन्द्र अधिकारीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि ४९ जना विज्ञहरुलाई थिंकट्यांकका रुपमा नियुक्त गरेका छन् ।
 
 
मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायका अनुसार, नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि मन्त्रीस्तरीय निर्णयबाट २० र पर्यटन क्षेत्रका लागि २९ गरी ४९ जनालाई विज्ञका रुपमा नियुक्त गरिएको हो । यी व्यक्तिहरुको समूहले आवश्यक पर्दा सुधारका लागि राय, सुझाव दिनेछन् ।
 
उड्डयन क्षेत्रको समूहमा नागरिक उड्डयन प्राधिकरणका पूर्व वरिष्ठ कर्मचारीहरु ललितविक्रम शाह, पूर्वसचिव वीरेन्द्र देउजा, नगेन्द्र घिमिरे, यज्ञ गौतम, हरिभक्त श्रेष्ठ, त्रिरत्न मानन्धर, रतिशचन्द्र लाल सुमन छन् । त्यसैगरी प्राधिकरणबाटै अवकाश लिएका कमलप्रसाद रिमाल, कमलकुमार केसी, क्याप्टेन पिजे शाह, महेन्द्रसिं रावल, उदय विश्वम्भर श्रेष्ठ, नारायणबहादुर सिंह डंगोल, लिविन्द्रमान शाक्य, सुमन श्रेष्ठ, महेन्द्र राजभण्डारी, प्रभाकर अधिकारी, प्रभा वैद्य, क्याप्टेन वाईके भट्टराई र उड्डयन लेखक हेमन्त अर्ज्याल छन् ।
 
त्यसैगरी पर्यटन क्षेत्रका लागि २९ जना छन् । यिनमा अर्जुन शर्मा, अनिल चित्रकार, कुन्द दीक्षित, गंगाप्रसाद अकेला, चन्द्र ढकाल, छाया शर्मा, छेवाङ लामा, ज्योति अधिकारी, दिपेन्द्र पुरुष ढकाल, प्रदीपराज पाण्डे, प्रचण्डमान श्रेष्ठ, बसन्त मिश्र, बासु त्रिपाठी, विजय अमात्य, मदन आचार्य र महेन्द्रसिं थापा छन् । त्यस्तै पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा, योगेन्द्र शाक्य, रविजंग पाण्डे, राज ज्ञवाली, रोशन थापा, लाक्पा सोनाम शेर्पा, शिव ढकाल, सञ्जय चौधरी, सिर्जना राणा, सुमन पाण्डे, सुरेशमान श्रेष्ठ, सुनिल शाक्य र सुबोध राणा पनि यही समूहमा छन् ।



More News



हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

Posted: 2018-08-17 11:22:59

सुनाखरी न्युज/ काठमाडौं - नेपालबाट अन्तर्रा्ष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्रा्ष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा ...


दुर्लभ एक सिङ्गे गैंडा मृत फेला

Posted: 2018-08-17 10:51:25

सुनाखरी न्युज/ रत्ननगर - चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३० / ३५ वर्षको गैंडा मरेको ...


बुद्ध एयरले पोखरा मै जहाज राखेर सेवा दिने, आइतबार देखि ७ बजे नै उडान भर्ने

Posted: 2018-08-16 14:57:40

सुनाखरी न्युज/ पोखरा - बुद्ध एयरले पोखरा मै जहाज राखेर बिहान ७ बजे पोखरा काठमाडौंका लागि उडान भर्ने भएको छ । पोखराबाट नियमित ८ बजे देखि काठमाडौंका लागि उडान हुने गरेकोमा बुद्धले आइतबार देखि ७ बजे नै उडान भर्ने ...


पर्यटक भित्र्याउन कीर्तिपुर नगरपालिकाको यस्तो तयारी

Posted: 2018-08-15 14:46:04

सुनाखरी न्युज/ काठमाडौं - कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको ...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ८ घण्टा वन्द गरेर धावन मार्ग निर्माण गरिने

Posted: 2018-08-13 16:28:46

सुनाखरी न्युज/ काठमाडौं - पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो मन्त्रालयबाट भएका कामबारे संघीय संसदलाई जानकारी गराएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा समय मागेर बोल्दै ...


Advertisements