घुमफिर-पर्यटन

पर्यटनमन्त्रीका ६० दिनमा गर्ने ८१ काम, टिआइए २१ घण्टा सञ्‍चालन गरिने

Posted: 2018-03-31 15:04:41

 
सुनाखरी न्युज/
काठमाडौं-
संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अबको ६० दिनको कार्ययोजना सार्वजनिक गरेको छ। नयाँ सरकार गठन भएको सय दिनमा पूरा गर्ने कामको तयारी स्वरूप संस्कृत पर्यटन तथा नागिरक उड्ययनमन्त्री रविन्द्र अधिकारीले १४ विषयमा ८१ कामका योजना शुक्रबार सार्वजनिक गरेका हुन्। मन्त्री अधिकारीले केही कामको थालनी भएको र केही काम अब थालिने बताए। उनले ती सबै काम सरकार गठन भएको दिन फागुन ३ को सय दिनमा पूरा गर्ने बताएका छन्। ’अबको सय दिन होइन सरकार गठन भएको सय दिनमा गरिने कार्ययोजना हामीले तय गरेका छौँ’ मन्त्री अधिकारीले भने ’यही कामको जगमा बसेर हामीले दीर्घकालीन तथा मध्यकालीन योजना निर्माण गर्नेछौँ।’ उनले ट्‍वीनअटार खरिद गने प्रकिया अबको ६० दिनमा पूरा गरिने जनाएका छन्। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलको लागि दैनिक २१ घण्टासम्म सञ्चालन गर्ने कार्ययोजना रहेको छ। दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको योजनाअन्तर्गत यो अवधिमा वातवरणीय प्रभाव मूल्यांकन, सम्भाव्यता अध्ययनअन्तर्गत कोरियन कम्पनीसँगको दायित्व व्यवस्थापन, निर्माणको मोडालिटी तय गर्ने योजना मन्त्री अधिकारीले अघि सारेका छन्। त्यस्तै सम्पदा संरक्षणअन्तर्गत रानीपोखरी पुनर्निर्माण अघि बढाउने र विवाद समधान गर्ने विषय समेटिएको छ। यी कार्ययोजना पूरा गर्न सबै क्षेत्रमा अधिकारीसमेत तोकिएको छ। मन्त्री अधिकारीले यी कार्य शतप्रतिशत पूरा गर्ने गरी अघि बढाइएको बताएका छन्। उनले भने: ’हामीले सकिँदैन भन्ने कुनै पनि कार्यक्रम समावेश गरेका छैनौँ, जति समावेश छ, सवै पूरा गर्छौ।’ थप भार पर्नेभन्दा भएको जनशक्तिबाट गर्न सकिने सचिव कृष्णप्रसाद देवकोटाले बताए। कामको अनुगमनसमेत सचिव स्तरमा गरिने बताइएको छ।
 



More News



धनगढी विमानस्थल चाँडै स्तरोन्नती हुन्छ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी

Posted: 2018-07-15 11:23:45

सुनाखरी न्युज/ काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने गरी धनगढी विमानस्थलको स्तरोन्नतिको काम सरकारले गरिरहेको बताएका छन । आज विमानस्थल कार्यालयमा आयोजित ...


आफ्ना कर्मचारीलाई नेपाल घुम्ने सहुलियत दिन भारत सकारात्मक

Posted: 2018-07-14 10:06:19

सुनाखरी न्युज/ नयाँ दिल्ली - भारतीय पक्षले नेपालमा पर्यटकको रुपमा भ्रमण गर्ने भारतीय सरकारी कर्मचारीलाई पििलभ ट्राभल कन्सेन्सन(एलटिसी) दिन सकारात्मक भएको छ। आज सम्पन्न नोपल–भारत सयुक्त पर्यटन कार्यदलको बैठकमा भारतीय पक्षले हाल भारतभित्रमात्र लागू उक्त कार्यक्रमलाई नेपालसम्म विस्तार गर्न सकारात्मक भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए।...


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्न पक्राउ

Posted: 2018-07-13 10:48:30

सुनाखरी न्युज/ कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ ...


चिनलाई दुईवटा गैंडा हसतानतरण, प्रधानमनत्री ओीलेभने नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ

Posted: 2018-07-12 15:48:25

सुनाखरी न्युज/ काठमाडौं- नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्‍ट पारेको छ। नेपाल जैविक विविधताले धनी देश हो। नेपालले हालसम्म १० देशलाई वन्यजन्तु उपहार दिइसकेको छ। सबै गैँडा चितवन राष्ट्रिय निकुञ्जबाटै गएका छन्। यहाँबाट विभिन्न देशमा २६ गैँडा उपहार दिइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्।...


पैसा जोगाउन नेपाल आउँछन् पर्यटक

Posted: 2018-07-11 10:34:54

सुनाखरी न्युज/ पोखरा- नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो। त्यसो भए पर्यटकको खर्च बढाउने उपाय के छन् ? थापा भन्छन्, ‘पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्यो ।...


Advertisements