घुमफिर-पर्यटन

पर्यटकको ’हाइ सिजन’, सुरु, ट्रेकिङमा रुचि राख्ने यूरोपेलीदेखि गर्मी छल्न आउने भारतीयसम्म नेपालमा!

Posted: 2018-03-29 13:55:23

 
सुनाखरी न्युज/
 
   
काठमाडौं।
भूकम्पपछि थलिएको नेपाली पर्यटन क्षेत्रमा आशलाग्दो सुधार देखिएको छ। भत्किएका सम्पदाहरुको पुनर्निर्माण, पूर्वाधार विकासका साथै अन्तर्रा्ष्ट्रिय बजारमा बन्दै गएको ‘छवि’ले पर्यटकहरु आउने क्रम बाक्लिँदै गएको छ।
 
 
 
हाल देखिएको पर्यटकको चापले अघिल्लो वर्षको भन्दा यसवर्ष पर्यटक दोब्बर हुने सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर नेपालका अध्यक्ष अनिल लामा बताउँछन्। ’अहिले नै पर्यटकको आगमनमा ४० प्रतिशतले वृद्धि भएको अनुमान छ। दोब्बर हुनेमा हामी विश्वस्त छौं’-उनले भने।भूकम्प पछि सम्पदाहरुको पूनर्निर्माण हुनुका साथै एड्भेन्चरस टुरकालागि राम्रो प्याकेजहरु अफर गरेका कारण पर्यटकहरुको संख्या बढ्दै गएको उनको भनाई छ। लामाका अनुसार सन् २०२० सम्म बाह्य पर्यटकको संख्या १५ लाख पुग्नेछ।
 
पोखरामा सञ्चालनमा रहेका प्याराग्लाइडिङ र ‘हेलिएयर’ले पनि पर्यटकहरुको चाप बढाउन मद्दत पुगेको लामा बताउँछन्।  यसवर्ष पर्यटकको चाप बढेको द्वारिकाज होटलले बताएको छ। होटलमा पर्यटकको  चाप ‘राम्रै’ रहेको होटल ब्यबस्थापनले जनाएको छ। द्वारिकाजमा चारवटा क्याटेगोरीका ८३ वटा कोठाहरु छन्। डिलक्स, जुनियर सुइट, एक्जिक्युटिभ सुइट र रोयल सुइट रुममा छन्।यस्तै अन्नपूर्ण होटलमा समेत पर्यटक भरिएका छन्।
 
एक सय अठचालिस कोठा भएको होटल अन्नपूर्णमा अहिले ९५ प्रतिशत ‘रुम प्याक’ भइसकेको सेल्स एक्जेक्यूटिभ आत्माराम खनालले जानकारी दिए।
होटलमा हेरिटेज, डिलक्स, क्लब, सुइट्स लगायत चार प्रकारका कोठा छन्। उनका अनुसार पर्यटकले प्रति रात १ सय देखि  ५ सय डलर सम्मका कोठाको सुविधा लिन सक्नेछन्।
 
उनले भने,’ गत वर्षको तुलनामा होटलमा १५ प्रतिशतले बढी पर्यटक आएका छन्।’ होटलमा फूल बुकिङ भएमा पोखराको फिस्टेल होटल, चितवनको जगतपुर लज लगायतका होटलहरुमा पिकअप र ड्रपको कम्प्लिमेन्ट्री सुविधा सहित पर्यटकहरुलाई सेवा दिइने खनालले जानकारी दिए।यो वर्ष अमेरिका, चीन, यूरोप, भारत लगायतका देशबाट पर्यटकको आगमन राम्रो रहेको ठमेल स्थित यात्री सुइट्स एण्ड स्पाकी प्रवन्धक गौरी मालाकारले  बताइन्। उनले भनिन्,’पर्यटकको चाप सुधारोन्मुख छ। यो चापले आउँदो वर्ष वाह्य पर्यटकको चाप पनि थप बढ्ने देखिन्छ।’
 
 
 
मार्च महिनाको अन्तिम साता देखि चितवनमा वाह्य पर्यटकको चाप बढ्न थालेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार चितवनमा हाल ४० प्रतिशत वाह्य पर्यटक पुगेका छन्। यो वर्ष पर्यटकको चाप राम्रो रहेको उनले बताए। काठमाडौं नारायणगढ( सडकखण्डमा भइरहेको विस्तारका कारण अझै पनि सोचेजति पर्यटक भित्र्याउन नसकेको उनको भनाई छ।
 
‘हाइ’ सिजनको सुरुवातसँगै पोखरामा पनि  पर्यटकहरु बढेको होटल क्राउन हिमालयजका कार्यकारी निर्देशक आग्रह अर्यालले जानकारी दिए। उनका  अनुसार क्राउन हिमालयजका ५० प्रतिशतभन्दा बढी रुम बुक भइसकेका छन्। नेपाली पर्यटकका साथै जर्मनी, हल्याण्ड, चीन, अमेरिका, युरोप लगायतका देशबाट पर्यटक आएको अर्यालले बताए। उनले भने-’शुक्रबार र शनिबार लेकसाइडमा साँझ छ बजेदेखि सवारीसाधनचल्नमा रोक लगाएपछि झन् सकारात्मक प्रभाव परेको छ।’
 
चिनियाँ, थाइ, बंगाली, भारतीय लगायतका एसियाली पर्यटकको वृद्धि भएको गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष तथा ठमेलस्थित काठमाडौं गार्डेन होमका संचालक तेजबहादुर गुरुङले जानकारी दिए। २३ कोठाको क्षमता भएको होटलमा मार्च र अप्रिलका लागि सबै  कोठाहरु ‘बुक्ड’ रहेको उनले बताए। 
 
उनले भने’ पहिला पहिला भारतीयहरु गर्मी छल्नका लागि मात्र नेपाल आउँथे। यसपटक सबै किसिमका पर्यटकहरु देखिएका छन्।’ एभरेष्ट बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्प र लाङटाङ घुम्न आउने पर्यटकमा पनि बृद्धि भएको छ। यस्तै अन्नपूर्ण बेसक्याम्पको वैकल्पिक गन्तब्य मनास्लु घुम्ने पर्यटकको संख्यामा पनि क्रमिक वृद्धि भैरहेको उनले बताए।



More News



धनगढी विमानस्थल चाँडै स्तरोन्नती हुन्छ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी

Posted: 2018-07-15 11:23:45

सुनाखरी न्युज/ काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले छिमेकी देशसम्म हवाई सेवा सञ्चालन गर्ने गरी धनगढी विमानस्थलको स्तरोन्नतिको काम सरकारले गरिरहेको बताएका छन । आज विमानस्थल कार्यालयमा आयोजित ...


आफ्ना कर्मचारीलाई नेपाल घुम्ने सहुलियत दिन भारत सकारात्मक

Posted: 2018-07-14 10:06:19

सुनाखरी न्युज/ नयाँ दिल्ली - भारतीय पक्षले नेपालमा पर्यटकको रुपमा भ्रमण गर्ने भारतीय सरकारी कर्मचारीलाई पििलभ ट्राभल कन्सेन्सन(एलटिसी) दिन सकारात्मक भएको छ। आज सम्पन्न नोपल–भारत सयुक्त पर्यटन कार्यदलको बैठकमा भारतीय पक्षले हाल भारतभित्रमात्र लागू उक्त कार्यक्रमलाई नेपालसम्म विस्तार गर्न सकारात्मक भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले जानकारी दिए।...


शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्न पक्राउ

Posted: 2018-07-13 10:48:30

सुनाखरी न्युज/ कञ्चनपुर - शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ । चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ ...


चिनलाई दुईवटा गैंडा हसतानतरण, प्रधानमनत्री ओीलेभने नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ

Posted: 2018-07-12 15:48:25

सुनाखरी न्युज/ काठमाडौं- नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्‍ट पारेको छ। नेपाल जैविक विविधताले धनी देश हो। नेपालले हालसम्म १० देशलाई वन्यजन्तु उपहार दिइसकेको छ। सबै गैँडा चितवन राष्ट्रिय निकुञ्जबाटै गएका छन्। यहाँबाट विभिन्न देशमा २६ गैँडा उपहार दिइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्।...


पैसा जोगाउन नेपाल आउँछन् पर्यटक

Posted: 2018-07-11 10:34:54

सुनाखरी न्युज/ पोखरा- नेपाल आएका विदेशी पर्यटकले दैनिक खर्च कति गर्छन् ? पर्यटन मन्त्रालयका पूर्वसचिव किशोर थापाले शनिबार पेस गरेको तथ्यांकअनुसार नेपालमा विदेशीको दैनिक खर्च औसतमा ५३ अमेरिकी डलर मात्र छ । थापाको भनाइमा यो खर्च निकै कम हो। त्यसो भए पर्यटकको खर्च बढाउने उपाय के छन् ? थापा भन्छन्, ‘पर्यटक रमाउने आकर्षक गतिविधि गर्नुपर्यो ।...


Advertisements