घुमफिर-पर्यटन

चिनियाँ जहाज चलाउन पाइलटलाई चीनमा प्रशिक्षण , १५ दिनभित्र सबै प्रकिया पूरा गरी अनुमति ल्याउने र उडाउने तयारी

Posted: 2018-03-22 21:16:39

 
सुनाखरी न्युज-
नेपाल वायु सेवा निगमले एक पाइलटसहित तीन सहपाइलटलाई उडानमा प्रशिक्षण दिन भएको छ। त्यसका लागि उनीहरूलाई छिमेकी देश चीन पठाउने तयारी गरिएको छ। चीन सरकारकै अनुदान र सहुलिय ऋणमा ल्याइएका जहाज झण्डै डेढ महिनादेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ग्राउन्डेड जहाज उडानका लागि चार जना पाइलटलाई तालिम दिन लागिएको हो। नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसारकारका अनुसार उनीहरू शुक्रबार साँझ चीनका लागि प्रस्थान गर्नेछन्।  ’हामीले एक पाइलटसहित तीन सहपाइलटलाई प्रशिक्षण दिन लागेका हौँ, यसले जहाज ग्राउन्डेड भएर बस्नुपर्ने स्थिति हुँदैन’, कंसाकारले भने। प्रशिक्षण लिन जानेमा वरिष्ठ क्याप्टेन उद्धव घिमिरेसहितको टोली रहेको छ। टोलीमा सहपाइलटहरू क्रमशस् प्रचण्ड खड्का, विजय अवारे र राकेश काफ्ले रहेका छन्। क्याप्टेन घिमिरेका अनुसार दुई दिनको प्रशिक्षण लिएर उनीहरू नेपाल फर्कने कार्यक्रम रहेको छ। क्याप्टेन घिमिरेको उडान लाइसेन्स फेल हुँदा लामो समयदेखि उडान गर्न पाएका छैनन्। प्रत्येक छरछ महिनामा लाइसेन्स नवीकरण (पिपिसी) गर्नुपर्ने भए तापनि घिमिरेको आठ महिना कटेको कारण लाइसेन्स नवीकरण फेल भएको थियो। उनको लाइसेन्स फेल हुँदा निगमका जहाज उडानमा थप समस्या परेको हो । यस्तो अवस्थामा घिमिरेले पुनस् प्रशिक्षण लिएर मात्रै लाइसेन्स नवीकरण गर्नुपर्ने हुन्छ। ’पहिले प्रशिक्षण लिएपछि नवीकरणको अरू काम गरिनेछ’, क्याप्टेन घिमिरेले भने। उत्साहाका साथ ल्याइएका चिनियाँ जहाज अझै निगमलाई भार २०६९ सालमा बसेको तत्कालीन मन्त्रिपरिषद् बैठकले चीनबाट छवटा जहाज ल्याउने निर्णय गरेको थियो। त्यसैअनुरूप निगमले चीनबाट जहाज ल्याइसके पनि पाइलट अभाव र जहाजको प्राविधिक समस्याका कारण नियमित उडाउन नसक्दा निगमलाई ठूलो नोक्सान भइरहेको छ। पाइलट अभावले उडेनन् निगमका  विमान    सरकारको तर्फबाट निगमले दुईवटा जहाज अनुदानमा र चारवटा जहाज सहुलिय ऋणमा ल्याएको थियो। अहिले निगमका चारओटा वाई १२ जहाज थन्किएर बसेका छन्। निगमको एम ६० जहाज भने संचालनमा रहेको निगमले जनाएको छ। निगमले चीनबाट ल्याएका जहाजमध्ये दुईवटा पाइलट नभएर उड्न नसकेका हुन्। अब सहज स् निगम निगमले लामो समयदेखि चिनियाँ पाइलट नै ल्याउने प्रयास गरे पनि अहिलेसम्म ल्याउन सकेको छैन। निगमका महाप्रवन्धक कंसाकारका अनुसार एक जना पाइलट ल्याउने अन्तिम तयारी भएको छ भने थप दुई जनासँग कुराकानी अघि बढाइएको छ। ’हामीले हाम्रा पाइलटलाई प्रशिक्षण दिनु भनेको चिनियाँ पाइलट नलिने भनेको होइन’, कंसकारले भने, ’एक जना आउने निश्चित नै भएको छ, थप दुईसँग कुरा अघि बढाएका छौँ।’ तर निगमकै अधिकारीका अनुसार चीनबाट पाइलट आउन भने मानेका छैनन्। ’ल्याउन लामो समयदेखि प्रयास भएको हो, आउन मानेका छैनन्’, एक अधिकारीले भने। निगमले यसअघि गत फागुन महिनामा पनि कम्तीमा दुई महिनाभित्र चीनबाट तीन पाइलट ल्याउने र सबै जहाज उडाने बताएको थियो। तथापि अहिलेसम्म पाइलट पाउन सकेको छैन। नेपाल एयरलाइन्सको घाटामाथिको लगानी विस्तार, कसरी गर्दै छ ६ चिनियाँ जहाजको व्यवस्थापन?  निगमले छवटा जहाज नै उडान गर्ने गरी पाइलटहरू तय गर्न थाले पनि अहिलेसम्म दुईवटा जहाजले भने अनुमति पाएका छैनन्। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट छमध्ये दुईको अनुमति ल्याउन बाँकी रहेको छ। तर कम्तीमा १५ दिनभित्र सबै प्रकिया पूरा गरी अनुमति ल्याउने र उडाउने तयारी निगमको छ।
 



More News



टानद्वारा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न

Posted: 2018-12-07 10:11:22

सुनाखरी न्युज/ काठमाडौ - ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी), थापागाउँ, बिजुलीबजारमा पर्वतीय सुरक्षा र प्राथमिक उपचार तालिम सम्पन्न गरी प्रमुख


पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने

Posted: 2018-12-05 19:46:23

सुनाखरी न्युज/ काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र प्रसाद अधिकारीले पर्यटन बिकासको माध्यमबाट नेपालको समृद्दी हाँशिल गरिने कुरा उल्लेख गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको “नेपाल–कोरिया आर्थिक सम्बन्धका आयामहरु“ बिषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।...


नेपाल वायुसेवा निगम र जापानको ओसाका विमानस्थल विच निकट भविष्यमा उडान संचालन गर्न विचार आदान प्रदान

Posted: 2018-12-04 09:51:51

सुनाखरी न्युज/ काठमाडौ - जापानको ओसाका विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान पुनः संचालन गर्ने भएको छ । निगम र जापानी टोलीका उच्च पदाधिकारी बीच छलफल भयो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले नेतृत्व ...


एनएमको पाँचौं अन्तर्रा्ष्ट्रिय हिमालयन महोत्सव २४ देखि २६ सम्म पोखरामा हुने

Posted: 2018-12-02 18:10:43

सुनाखरी न्युज/ पोखरा - अन्तर्रा्ष्ट्रिय पर्वतीय दिवसको रुपमा डिसेम्बर ११ लाई मनाउँदै आएको अवसरमा यस वर्षपनि पोखरामा पाचौं संस्करणको अन्तर्रा्ष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन) महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालय रातोपैह्रास्थित मंसिर २४, २५ र २६ गते महोत्सवको आयोजना गर्न लागिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए ।...


पन्ध्रौँ चितवन हात्ती महोत्सव पुस ११ देखि १५ गते सम्म सौराहाको बाघमारा चौरमा

Posted: 2018-12-02 11:09:59

सुनाखरी न्युज/ चितवन - पन्ध्रौँ चितवन हात्ती महोत्सव यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलो सहितको महोत्सव आयोजना ...


Advertisements