घुमफिर-पर्यटन

२०२० मा वार्षिक १५ लाख पर्यटक भित्र्याउने लक्ष्य, यस्ता छन् योजना

Posted: 2018-03-17 20:09:34

 
सुनाखरी न्युज-
सरकारले झण्डै आठ वर्षदेखि प्रत्येक वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष राखेता पनि यो वर्ष मात्रै १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। १० लाख पर्यटक आगमन गरेसँगै सरकारले अर्को लक्ष्य निर्धारण गरेको छ।  जस अनुसार सरकारले  सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक भित्र्याइने लक्ष्य राखेको छ। यसको लागि सन २०२० लाई ’भिजिट नेपाल इयर’ रुपमा अभियान चलाउने भएको छ। सरकारले सन् २०१७ मा करिब १० लाख पर्यटक भित्र्याउन सरकार सफल भएको छ।  कहिले कति पर्यटक आए नेपालमा सन् १९९८ देखिको १० लाख पर्यटक पुर्‍याउने  लक्ष्य सन् २०१७ मा मात्रै पूरा भएको छ। यसबीचमा सबैभन्दा बढी सन् २०१२ आठ लाख पर्यटक नेपाल आएका थिए। सन् २०१५ मा गएको गोरखा भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो। सन् २०१६ मा साढे सात लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए।  सरकारले ‘भिजिट नेपाल १९९८’, ‘नेपाल टुरिजम इयर २०११’, ‘भिजिन युरोप–२०१७’ तथा सन् २०१७ लाई नै घुमफिर वर्ष मनाएको थियो।  ५० लाख पर्यटक भित्र्याउने गठबन्धनको लक्ष्य वाम गठबन्धनले चुनावी घोषणा पत्र तयार पार्दा ५० लाख पर्यटक पुर्‍याउने  उल्लेख गरेको छ। गठबन्धनकै सरकार भएकाले आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक पुर्‍याउन यस्ता अभियानले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।  पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पदबहालीका क्रममा पहिलो नीतिगत निर्णय गर्दै सन् २०२० मा १५ लाख पर्यटक पुर्‍याउने लक्ष्यसहित प्रवर्द्धनात्मक अभियानलाई तीव्रता दिने बताए।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच.अयmरलभधकरघद्धडघज्ञ



More News



पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या पाँच वर्षमा दोब्बर

Posted: 2018-09-24 12:07:31

सुनाखरी न्युज/ बारा - पर्सा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या पाँच वर्षमै दोब्बरभन्दा बढी भएको छ ।निकुञ्जले यस वर्ष भएको बाघ गणनामा पाटे बाघको संख्या निकै वृद्धि भएको देखिएको जनाएको हो । निकुञ्जभित्रबाट मानव बस्तीको ...


टुर्स एण्ड ट्राभलले यसरी मनाउँदैछ विश्व पर्यटन दिवस

Posted: 2018-09-23 10:55:16

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)ले ३९ औँ विश्व पर्यटन दिवस विभिन्न कार्यक्रम गरी मनाउन लागेको छ । सो क्रममा नाट्टाले शनिबार बिहान प्रमुख धार्मिक तथा पर्यटकीयस्थल स्वयम्भूमा सरसफाइ गरेको ...


चीनका विभिन्न शहरमा हवाई सेवा विस्तार गर्न माग

Posted: 2018-09-21 10:43:29

सुनाखरी न्युज/ काठमाडौँ - नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ। नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे नेतृत्वको ...


यति एयरलाइन्सले थप्यो तेस्रो एटिआर जहाज

Posted: 2018-09-19 12:26:20

सुनाखरी न्युज/ काठमाडौं - निजी क्षेत्रको वायुसेवा प्रदायक यति एयरलाइन्सले एटिआर जहाज ल्याएको छ। आन्तरिक उडान गरिरहेको यतिले लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्नेगरी एटिआर७२-५०० सिरिजको जहाज ल्याएको हो । यही ...


धावनमार्गमा समस्या आएपछि विमान आकाशमै

Posted: 2018-09-19 05:17:43

काठमाडौँ- धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ । रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । ...


Advertisements