घुमफिर-पर्यटन

जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा संचालनमा ल्याउने पर्यटनमन्त्री अधिकारीको घोषणा

Posted: 2018-04-17 15:21:33

 
सुनाखरी न्युज/
काठमाडौं -
सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ ।
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।
 
 
 
 
उनले सो विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्कालका लागि सम्भव नदेखिएको पनि स्पष्ट पारे ।
 
मंगलबार काठमाडौंमा पर्यटनविद्हरुको अन्तक्रिर्या कार्यक्रममा बोल्दै उनले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तर्रा्ष्ट्रिय विज्ञहरुको समूह बनाउने तयारी गरिएको पनि बताए । सरकारले छिट्टै झापाको भद्रपुरमा नाइटमा विमान चलाउने व्यवस्था गर्दैछ । पोखरामा भने तत्काल सम्भव नरहेको पनि मन्त्री अधिकारीले स्पष्ट पारे ।
 
मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्‍याउने महत्वकांक्षी योजना पनि अघि सारे । उनले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई मुख्य आधार मान्ने हो भने त्यसले कम्तीमा पनि २५ प्रतिशत योगदान दिनुपर्ने तर्क समेत गरे ।
 
सरकारी तथ्यांक अनुसार हाल नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत रहेको छ ।
 
मन्त्री अधिकारीले अब कम्तीमा २५ प्रतिशत योगदान पर्यटन क्षेत्रले दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बनाइएका योजना कार्यान्वयन नहुँदा नेपालको पर्यटन क्षेत्रले प्रगति गर्न नसकेको पनि स्वीकार गरे ।
 
मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासलाई अघि बढाउन सरकारले विज्ञहरुसँग नियमित परामर्श गर्ने पनि बताए ।



More News



जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा संचालनमा ल्याउने पर्यटनमन्त्री अधिकारीको घोषणा

Posted: 2018-04-17 15:21:33

सुनाखरी न्युज/ काठमाडौं - सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । ...


बुद्ध एयरले सुर्खेतमा ५० वर्षपछि ठूलो जहाज अवतरण गर्ने

Posted: 2018-04-05 21:39:27

पर्यटन वर्षको अवसर पारेर बैशाख एक गतेदेखि बुद्धले नियमति उडान भर्ने जानकारी पनि दिए । काठमाडौं–सुर्खेत नियमित उडानसँगै प्रदेश राजधानी सुर्खेतसहित कर्णाली प्रदेशमा पर्यटकको संख्या बढ्ने विश्वास गरे । बुद्ध एयरको नाइनएन–एनआईए कल साइनको ४७ सीटे जहाज बुधबार सुर्खेत विमानस्थलमा अवतरण गरेको हो । सुर्खेत विमानस्थलका प्रमुख विनोददेव पन्तले २०२४ सालपछि विमानस्थलमा ठूलो जहाज अवतरण भएको बताए.....


पर्यटनमन्त्रीका ६० दिनमा गर्ने ८१ काम, टिआइए २१ घण्टा सञ्‍चालन गरिने

Posted: 2018-03-31 15:04:41

सुनाखरी न्युज/ काठमाडौं- संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले अबको ६० दिनको कार्ययोजना सार्वजनिक गरेको छ। नयाँ सरकार गठन भएको सय दिनमा पूरा गर्ने कामको तयारी स्वरूप संस्कृत पर्यटन तथा नागिरक उड्ययनमन्त्री रविन्द्र अधिकारीले १४ विषयमा ८१ कामका योजना शुक्रबार सार्वजनिक गरेका हुन्। ...


पर्यटकको ’हाइ सिजन’, सुरु, ट्रेकिङमा रुचि राख्ने यूरोपेलीदेखि गर्मी छल्न आउने भारतीयसम्म नेपालमा!

Posted: 2018-03-29 13:55:23

सुनाखरी न्युज/ काठमाडौं। भूकम्पपछि थलिएको नेपाली पर्यटन क्षेत्रमा आशलाग्दो सुधार देखिएको छ। भत्किएका सम्पदाहरुको पुनर्निर्माण, पूर्वाधार विकासका साथै अन्तर्रा्ष्ट्रिय बजारमा बन्दै गएको ‘छवि’ले पर्यटकहरु आउने क्रम बाक्लिँदै गएको छ। हाल देखिएको पर्यटकको चापले अघिल्लो वर्षको भन्दा यसवर्ष पर्यटक दोब्बर हुने सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर नेपालका अध्यक्ष अनिल लामा बताउँछन्। ...


चिनियाँ जहाज चलाउन पाइलटलाई चीनमा प्रशिक्षण , १५ दिनभित्र सबै प्रकिया पूरा गरी अनुमति ल्याउने र उडाउने तयारी

Posted: 2018-03-22 21:16:39

सुनाखरी न्युज- नेपाल वायु सेवा निगमले एक पाइलटसहित तीन सहपाइलटलाई उडानमा प्रशिक्षण दिन भएको छ। त्यसका लागि उनीहरूलाई छिमेकी देश चीन पठाउने तयारी गरिएको छ। चीन सरकारकै अनुदान र सहुलिय ऋणमा ल्याइएका जहाज झण्डै डेढ महिनादेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ग्राउन्डेड जहाज उडानका लागि चार जना पाइलटलाई तालिम दिन लागिएको हो।...


Advertisements