शेयर बजार

दुई हाइड्रो पावर कम्पनीको साढे ५३ लाख कित्ता आईपिओ आउँदै

Posted: 2018-10-12 12:38:12

सुनाखरी न्युज/ काठमाडौं - माउण्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् । दुई कम्पनीले ५३ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ५३ लाख ५० लाख ४५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् ।
 
युनियन हाइड्रो 
युनियन हाइड्रोपावरले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४० कित्ता आईपिओ जारी गर्न लागेको छ । हाइड्रोपावरले साउन १४ गते देखि भदौ १२ गते सम्म स्थानीय बासिन्दालाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपिओ जारी गरेको थियो । जसमा विक्री हुन बाँकी छ लाख २१ हजार सात सय ९० कित्ता सेयर समेत थप गरी सर्वसाधाणरको लागि आईपिओ निष्काशन गर्ने अनुमति मागेको छ । युनियन हाइड्रोपावरको आईपिओ निष्काशनको काम लक्ष्मी क्यापिटलले गर्ने छ ।
 
माउण्टेन हाइड्रो
माउण्टेन हाइड्रोले १८ करोड १६ लाख ११ हजार रुपैयाँको १८ लाख १६ हजार ११० कित्ता सेयर निष्काशन गर्न लागेको छ । हाइड्रोले असार २२ गते देखि साउन २० गते सम्म स्थानीयलाई १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ लाख ६६ हजार ११० कित्ता सेयर बिक्री नभएपछि उक्त सेयर समेत सर्वसाधारणलाई थप गरी जारी गर्ने माग गरेको हो । कम्पनीले आइपिओ निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ति गरी सकेको छ ।
 
 



More News



बजारमा सेयरको मूल्य घटेको घट्यै

Posted: 2018-12-09 14:32:58

सुनाखरी न्युज/ काठमाडौँ- चालु आर्थिक वर्षको पाँच महिनामा सेयरधनीको सम्पत्ति करिब १ खर्ब रुपैयाँले घटेको छ । गत साउनदेखि मंसिर २० सम्म सेयर मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो । उक्त अवधिमा सेयर बजारको आकार कुल बजार पुँजीकरण करिब १ खर्ब रुपैयाँले घटेको छ । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घटेको भन्ने हो ।...


सान्जेनको सर्वसाधारण र आयोजना प्रभावितका लागि सह निस्काशन कर्ता सम्झौता

Posted: 2018-12-07 10:51:17

सुनाखरी न्युज/ काठमाडौ - सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सर्वसाधारण र आयोजना प्रभावित रसुवा जिल्लाका स्थानीय बासिन्दाका लागि शेयर बिक्री गर्न सह–निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्झौता भएको छ । विहीबार ...


चौतारी लघुवित्तको आइपिओ बिक्री खुल्ला

Posted: 2018-12-05 12:41:46

सुनाखरी न्युज/ काठमाडौ - चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) बिक्री खुल्ला भएको छ। संस्थाको ६ लाख कित्ता साधारण सेयर आजबाट बिक्री खुल्ला भएको हो।संस्थाले ६ लाख कित्तामध्ये ९ हजार ३ सय ...


नबिल बैंकले ३४ प्रतिशत लाभांश दिने

Posted: 2018-12-04 11:16:26

सुनाखरी न्युज/ काठमाडौ - नबिल बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्ता लाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । सञ्चालक समितिले गरेको उक्त निर्णय ...


जोशी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्ला

Posted: 2018-12-02 09:40:43

सुनाखरी न्युज/ काठमाडौ - जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइतबार देखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) आवेदन खुला भएको छ । हाइड्रोपावरले १६ करोड ९० लाख ४७ हजार बराबरका १६ लाख ९० हजार ४ सय ...


Advertisements