शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



प्रतिवेदन पेश गर्न ढिलाई गरेपछि नेप्सेलाई सेबोनले गरायो सचेत, चुस्त काम गर्न निर्देशन, धितोपत्र बजार संचालन नियमावली २०६४ को दफा २६ मा धितोपत्र संञ्चालकले जानकारी, बिबरण तथा प्रतिबेदन पेस गर्नुपर्ने उल्लेख छ। सोहि नियम अनुसार नेप्सेले विवरण पेश गर्नुपर्छ, तर नेप्सेले लामो समयदेखि समयमै विवरण पेश नगरेको बोर्डको आरोप छ

Posted: 2018-01-16 13:21:09

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले समयमै विवरण तथा प्रतिबेदन पेस नगरेको भन्दै नेपाल धितोपत्र बोर्डले सचेत गराएको छ। नेपाल स्टक एक्सचेञ्ज धितोपत्र बजारको “फ्रन्ट लाइन रेगुलेटर“ भएकोले सुचिकृत कम्पनीलाई नियमन गर्नुपर्ने दायित्व स्टक एक्सचेन्जकै रहेकोले समयमा बिबरण तथा प्रतिबेदन पेस नगरेको भन्दै बोर्डले पुस १९ गते पत्र लेख्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।...


एनआइसी एसिया र सिटिजन्स बैंकबाट प्रबर्द्िधत कम्पनीका दुई अर्बको म्युचुअल फण्ड स्किम खुला, कुल १० करोड इकाइ निष्कासन गरिने इकाइहरु लगानीकर्ताले छिटोमा माघ ७ गते र ढिलोमा माघ १७ गतेसम्म आबेदन दिन सक्ने छन्

Posted: 2018-01-16 13:20:19

काठमाडौँ। एनआईसी एशिया ग्रोथ फण्ड सामुहिक योजना र सिआइबिएल क्यापिटलको सिटिजन म्युचुअल फण्डको इकाइहरु मंगलबारबाट निस्कासन गरिएको छ। एनआइसीको सामुहिक योजना एक अर्ब रुपैयाँको हो। निष्काशन गरिने फण्डमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरिएको छ। ...


पुस मसान्त र प्राथमिक निष्कासनको प्रभाव सेयरवजारमा, दोस्रो त्रैमासको वित्तीय विवरणको पर्खाइमा लगानीकर्ता, चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अन्तिम दिनको सेयरबजारमा नेप्से तथा कारोबार रकम दुवैमा गिरावट

Posted: 2018-01-16 13:19:18

काठमाडौं- चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अन्तिम दिनको सेयरबजारमा नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । कारोबारमा आएका अधिकांस समूह ओरालो लागेपछि नेप्से सूचक झण्डै दोहोरो अंकले घटेको छ भने अघिल्लो कारोबारको तुलनामा कारोबार रकममा पाँच करोडले कमी आएको छ । ...


भ्याटको भयमा सेयर बजार स्अम्बिका पौडेल, अध्यक्ष, नेपाल इन्भेस्टर्स फोरम

Posted: 2018-01-16 13:18:36

काठमाडौ- सेयर ब्रोकरको कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने विषय विगत ४–५ वर्षदेखि विवादित बन्दै आएको छ । यसले सेयर ब्रोकरहरुमा मात्र होइन, सम्पूर्ण लगानीकर्तामा भयंकर मनोवैज्ञानिक त्रास पैदा गरेको छ । जबजब बजार नयाँ उचाइतर्फ उन्मुख हुन्छ, तबतब भ्याटको भूत जगाइन्छ र लगानीकर्तालाई निराश बनाइन्छ । ...


नेप्सेको खर्च घटे पनि नाफा बढाउन सकेन, ब्रोकर कमिसनले नाफामा गिरावट, गत वर्ष धितोपत्र कारोबारबाट नेप्सेले ४६ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो

Posted: 2018-01-10 14:02:24

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत वर्षको मुनाफाबाट ५० प्रतिशत नगद लाभांश दिने भएको छ। नेप्सेले पुस २९ गते गर्ने साधारणसभामा लाभांशको प्रस्ताव लैजाने महाप्रबन्धक चन्द्रसिंह साउदले जानकारी दिए। साधारणसभाले पारित गरेसँगै नेप्सेका शेयरधनीले लाभांश पाउने छन्।...


Advertisements