शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



कमोडिटीज एक्सचेन्ज चलाउन पहिले चलेका लगानी जुटाउदै, नयाँ कम्पनी अनुमतिको प्रक्रिया

Posted: 2018-02-04 14:43:27

सुनाखरी न्युज- नेपालमा कमोडिटीज एक्सचेन्जको रुपमा काम गरिरहेको मर्कन्टायल एक्सचेन्ज नेपाल(मेक्स)ले लगानी गर्नको लागि सार्वजनिक आह्वान गर्यो । कमोडिटीज बजारको काम गर्दै आएको मेक्स सबैभन्दा छिटो संचालनको लागि धितोपत्र बोर्डमा आवेदन दिने बुझाई यसको जानकारको थियो । तर,मेक्सले लगानी गर्नको लागि गरेको आह्वानले यो सँग सरोकार राख्ने सबै चकित परे । धितोपत्र बोर्डमा बेलायतको कम्पनी जिमेक्सले संचालनको अनुमति माग गर्दै निवेदन दिएको छ । बेलायती जिमेक्सको ५१ प्रतिशत र गैर आवासीय नेपाली(एनआरएनन)को ४९ प्रतिशत लगानी रहेको कम्पनीमा अहिलेका एनआरएनएका अध्यक्ष भवन भट्ट तथा महासचिव डा बद्री केसी लगायतको लगानी छ । ...


१४ सयको विन्दुबाट ओरालो लाग्यो सेयर बजार, दिनदिनै घट्दै कारोबार

Posted: 2018-02-01 13:18:30

काठमाडौं- सेयर बजार मंगलबार पनि ओरालो लागेको छ । नेप्से परिसूचक ९.०५ अंकले घटेर १३९३.०४ अंकमा कायम भएको छ । उत्पादनमूलक समूह स्थिर रहेको छ भने बाँकी सबै समूहहरु घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त क्रमशः ६.६७, ०.५, ३७.२९, ३.४५, २९.४८, ३.८३, ८७.६५, ०.३६ र ९.२१ अंकले घटेका छन् । कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ । दिनभरिमा १५५ वटा कम्पनीको आठ लाख २८ हजार सात सय सात कित्ता सेयर तीन हजार आठ सय ६२ पटक खरिदविक्री हुँदा ३२ करोड २६ लाख ७३ हजार तीन सय ५८ रुपैयाँको कारोबार भएको छ । ...


सेयर बजारका बाठा लगानीकर्ताहरु यसरी गर्दैछन नेप्सेको परीक्षण, लगानीकर्ताले अपेक्षा गरेजति प्रगति हासिल गर्न भने अझै केही समय लाग्ने

Posted: 2018-01-30 13:24:59

काठमाडौंः दोस्रो त्रैमासको रिपोर्टले बैंकहरु नाफा कमाउने बाटामै अग्रसर भइरहेको देखाएको छ । भारीमात्रामा एकसाथ पुँजी वृद्धि गरिंदा पनि बैंक तथा वित्तीय संस्थाले तुलनात्मकरुपमा राम्रो प्रगति गरिहेका छन् । तर आम लगानीकर्ताले अपेक्षा गरेजति प्रगति हासिल गर्न भने अझै केही समय लाग्न सक्छ । बजार सुस्त हुनुमा यतिबेला आपूर्ति अधिक भएकाले असर गरिरहेको विश्लेषण हुँदैछ । अन्य पक्ष सहायक कारण र अधिक आपूर्ति नै प्रमुख कारक भएको विश्लेषकहरुको भनाई छ । यसबाहेक बैंक ब्याजदर अधिक हुनु पनि अर्को प्रमुख कारण हो । ...


बैंक तथा वित्तीय संस्थालाई सीआस्वा अनिवार्य, धितोपत्र बाँडफाँड सात दिनमै गर्न सकिने, आस्बा सेवा प्रदायक सबै बैंक तथा वित्तीय संस्थाले अव सीआस्बा सेवामा स्तरोन्नती हुनुपर्ने

Posted: 2018-01-30 13:23:06

काठमाडौं- धितोपत्र बाँडफाड प्रकृयालाई सहज वनाउन केन्द्रीय निक्षेप प्रणालीले सीआस्बा सफ्टवेयरलाई मंगलबारदेखि अनिवार्य गरेको छ । यो सँगै अव धितोपत्र वाँडफाँड एक हप्ताभित्रै हुने छ । यो प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आएसँगै धितोपत्र बाँडफाँड सात दिनमै गर्न सकिने भएको हो । नेपाल धितोपत्र बोर्डले प्राथमिक शेयर निष्कासनलाई सहज बनाउन आस्बा प्रणाली लागु गरेको थियो । वोर्डका अनुसार सोहि प्रणालीलाई थप ब्यबस्थित गर्न केन्द्रीय निक्षेप प्रणालीले आस्बा सफ्टवेयरलाई परिमार्जन गर्दै सीआस्बामा स्तरोन्नती गरेको थियो । ...


एनआइबिएल क्पापिटलले ल्याउँदैछ नेपालमै पहिलो पटक ओपन इन्डेड स्किम, कसरी हुन्छ कारोबार? एनआइबिएल क्यापिटलले नेपालमा नै पहिलो पटक ल्याउन लागेको यस फण्डलाई धितोपत्र बोर्डले विशेष चासोको रुपमा हेरेको छ

Posted: 2018-01-30 13:21:59

काठमाडौं- नेपालमा पहिलो पटक ओपन इन्डेड म्युचुअल फण्ड योजनाको तयारी थालिएको छ। एनआइबिएल क्यापिटल मार्केट्सले पहिलो पटक नयाँ योजना अघि बढाउने तयारी गरेको छ। एनआइबिएलले ५० करोड रुपैयाँ बराबरको ’एनआइबिएल सहभागिता स्किम’ ल्याउन लागेको हो। ...


Advertisements