शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



म शेयर बजार सुधारको पक्षमा छु, गलत प्रचार नगरौं: अर्थमन्त्री

Posted: 2018-03-17 19:16:08

सुनाखरी न्युज- अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी बिना नै शेयरमा लगानी गर्दा जोखिम बढ्न सक्ने बताएका छन् । शेयर खरिद गर्नअघि कम्पनीको कारोवार र बित्तिय अबस्थामा लगानीकर्ता जानकार भए बित्तिय जोखिम कम हु्ने उनको भनाई छ । नेपाल चार्टड एकाउन्टेन्ट विद्यार्थी संगठनको आयोजनामा शनिबार काठमाडौमा भएको पहिलो अन्तराष्ट्रिय सिए विद्यार्थी सम्मेलनको उद्घाटन गर्दे अर्थमन्त्री खतिवडाले...


शेयरका लगानीकर्ताको साताभरमा ३५ अर्ब गुम्यो, सरकारी नीतिमा सेयर बजार समेटिने डर

Posted: 2018-03-09 14:46:40

सुनाखरी न्युज- देशले नयाँ सरकार तथा ‘सक्षम’ अर्थमन्त्री पाए पनि लगानीकर्ताले सुरक्षित वातावरण अनुभूति गर्न नपाएको बजारको ट्रेन्डले देखाएको छ । सरकार गठन भएयता नेप्से परिसूचक ११० अंकले घटिसेकेको छ भने लगानीकर्ताले ७४ अर्ब रुपैयाँ सम्पत्ति गुमाएका छन् । सेयर बजारसम्बन्धी अर्थमन्त्रीको अभिव्यक्ति आउनुपहिले नै नयाँ प्रधानमन्त्री नियुक्त भएयता नेप्से परिसूचक करिब ७० अंकले घटिसकेको थियो ।...


आरम्भको शेयर बाँडफाँट, साढे २७ हजारले पाए १० कित्ता शेयर

Posted: 2018-03-07 15:15:10

सुनाखरी न्युज- आरम्भ माइक्रोफाइनान्सको प्राथमिक शेयरको आवेदन बन्द भएको ३७ घण्टामा बुधवार बाँडफाँट भएको छ। आरम्भको सोमबार प्राथमिक शेयर आवेदन बन्द भएको। गोलाप्रथाबाट बाडँफाँट गरिएको शेयरमा २७ हजार ४८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। एक लाख ८६ हजार ३८ आवेदक बाट एक करोड १८ लाख ७८ हजार ७५० कित्ताका लागि एक अर्ब १८ करोड ७८ लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो। जुन माग भन्दा ४३.८३ गुणा बढी हो।आवेदकमध्ये ३८५ जनाको आवेदन रद्ध भएको छ। ...


शेयर बजारमा सामान्य शुधार, २ घण्टा सम्म ओरालो लागेको बजारमा आठ अंकले शुधार

Posted: 2018-03-06 16:09:10

सुनाखरी न्युज- कारोबार सुरु भएको दुई घण्टामा २० अंकले ओरालो लागेको बजारले युटर्न लिएको छ। नेप्से सूचक १२ सय भन्दा तल झरेको बजार युटर्न हुँदा १३ सयको लाइन भन्दा माथि उक्लिएको हो। अर्थमन्त्रालयले शेयर बजारलाई संवोधन गर्ने गरि स्वेत पत्र ल्याउने तयारी गरेको समाचारसँगै बजारले युटर्न लिएको हो। बजार बढ्न थालेसँगै कारोबार रकम पनि बढेको छ। ...


शेयर बजार उच्च ‘बियरिस ट्रेन्ड’ मा, अर्थमन्त्रीको अभिव्यक्तिपछि बजार झनै खस्कियो

Posted: 2018-03-05 12:40:50

सुनाखरी न्युज- नयाँ सरकार गठनसँगै बढ्ने अपेक्षा गरिएको शेयर बजार पछिल्ला दिनमा झनै खस्कन थालेको छ । विगत एक बर्षयता निरन तर ‘वियरिस टे«ण्ड’मा रहेको शेयर बजार नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यीक्तस्ँगै झनै खस्कन पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजार र धरजग्गा कारोबरलाई अनुत्पदनभनेसँगै बजारमा उच्चदरले गिरावट आउनेक्रम शुरु भएको छ । ...


Advertisements