शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



नेशनल लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमति

Posted: 2018-05-20 11:44:46

सुनाखरी न्युज/ काठमाडौं- नेशनल लाइफ इन्स्योरेन्स ले ६० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट जेठ ४ गते स्वीकृती प्राप्त गरेको छ । कम्पनीले गत कात्तिक २७ गते हकप्रद जारी गर्न अनुमतिका माग्दै नियामक धितोपत्र बोर्ड निवेदन पेश गरेको थियो । जीवन बिमा कम्पनीले बीमा समितिको निर्देशन अनुसार हकप्रद जारी गरेर न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ कायम गर्ने बाटो समातेको थियो । नेशनल लाइफ इन्स्योरेन्सको हाल चुक्त्ता पूँजी एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको छ ।


अन्तर बैङ्किङ चेक कारोबार बढ्यो दैनिक ४० हजार भन्दा बढी चेक

Posted: 2018-05-19 07:25:42

सुनाखरी न्युज/ काठमाडौं - नेपाल क्लियरिङ हाउसले दैनिक ४० हजार अन्तर बैङ्किङ चेक क्लियरिङ गर्दै आएको छ । सन् २०११ देखि सेवा सञ्चालन गर्दै आएको हाउसले ७४ वटा बैंक तथा वित्तीय संस्थाको ४० हजार भन्दा बढी चेक क्लियरिङ गर्दै आएको छ । हाउसले एउटा सामान्य चेक २४ घण्टाभित्र क्लियरिङ गर्ने गरेको छ । साधारण चेकलाई दिनको २ बजे भन्दा अघि नै क्लियरिङमा पठाउनु पर्नेछ । एक्सप्रेस चेकलाई ३ भागमा विभाजन गरिएको छ ।...


शेयर बजारले किन गतिलिन सकेन ? साताभर सुस्तायो शेयर कारोबार

Posted: 2018-05-19 07:24:16

सुनाखरी न्युज/ काठमाडौं- यो साता शयर बजर साताभर नै सुस्तायो । यसअघि निरन्तर ओरालो लागेको शेयर कारोबारले यो सातापनि सुधारको वाटो समाउन नसकेको हो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १४०२६ कारोबारबाट एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरका २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।...


२ करोड ९० लाख सेयर सूचिकृत सबैभन्दा बढी हकप्रद

Posted: 2018-05-18 16:27:25

सुनाखरी न्युज/ काठमाडौं- नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाको २ करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर सूचिकृत भएका छन् । उक्त विभिन्न कम्पनीको बोनस र हकप्रद गरी शुक्रबार एकैदिन सो मात्राको सेयर सूचिकृत भएको हो । त्यसमध्ये सबैभन्दा बढी हकप्रद सेयर थपिएका छन । त्यस्तै, कूल सूचिकृत सेयर मध्ये विभिन्न ७ कम्पनीको ६८ लाख ६९ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन । ...


नागरिक लगानी कोषले ४२५ मा नकिन्ने भनेपछि एनएमबी बैङ्कको एफपीओ अन्यौलमा

Posted: 2018-05-18 12:16:13

सुनाखरी न्यज/ काठमाडौं - सेयर निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले प्रतिकित्ता ४२५ रुपैयाँमा थप निष्कासन (एफपीओ) नकिन्ने भएको छ ।लगानी कोष सञ्चालक समितिले प्रतिकित्ता ४२५ रुपैयाँमा प्रत्याभूति गर्ने प्रस्ताव अस्वीकृत गरेपछि एफपीओ निष्कासन अन्यौलमा परेको हो । बिक्री प्रवन्धक नागरिक लगानी कोषले प्रतिकित्ता ४२५ रुपैयाँमा लिने मौखिक सहमति जनाएपछि एनएमबीले सोही दर प्रस्ताव गरेको थियो । तर कोषको सञ्चालक समितिले बैंकको यथास्थिती भन्दा बढी भएको भन्दै अस्वीकृत गरेपछि एफपीओको प्रक्रिया रोकिएको कोष स्रोतले बतायो । ...


Advertisements