शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



दोहोरो अंकले घट्यो नेप्से, बढ्ने आशा सेलायो

Posted: 2018-05-25 07:08:32

सुनाखरी न्युज/ काठमाडौँ — सातामा कारोबारको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले घटयो । अघिल्लो दिनको तुलनामा ०.७६ प्रतिशतले घटे पनि नेप्से परिसूचक १ हजार ३ सय १८.२२ विन्दुमा बन्द भएको छ । उक्त दिन कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढे । बाँकी सबै समूहको परिसूचक घटे । ...


ग्रीन डेभलपमेन्ट बैंकको साढे ६ लाख कित्ता लिलामी सेयर खुल्ला

Posted: 2018-05-24 14:03:24

सुनाखरी न्युज/ काठमाडौं- ग्रीन डेभलपमेन्ट बैंक ले जेठ १० गते बिहीबारदेखि हकप्रदमा बिक्री नभएको सेयरको लिलामी खुला गरेको छ । बैंकले चार सय प्रतिशत हकप्रदमा सबै सेयर बिक्री नभएपछि ६ लाख ५१ हजार २१३ कित्ता सेयर लिलाम बढाबढमा इच्छुक लगानीकर्तालाई आजदेखि विक्री गर्न लागेको हो । ...


सेयर बजारमा गिरावट, सोमबारको कारोबार साढे ३५ करोड

Posted: 2018-05-22 09:36:16

सुनाखरी न्युज / काठमाडौं- सोमबार दिनभरिमा १६३ वटा कम्पनीको आठ लाख सात हजार पाँच सय ३३ कित्ता सेयर तीन हजार नौ सय ८८ पटक खरिदविक्री हुँदा ३५ करोड ५४ लाख ५० हजार सात सय ९० रुपैयाँको कारोबार भएको छ । नागरिक लगानी कोषको दुई करोड तथा राष्ट्रिय बीमा कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंक प्रोमोटर, सेञ्चुरी बैंक प्रोमोटर, स्वरोजगार लघुवित्त, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, गण्डकी विकास बैंक र साना किसान विकास बैंकको एक करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ७९ करोड नजिकको सेयर कारोबार भएको छ । ...


नयाँ स्टक एक्सचेञ्ज कम्पनीको आवश्यकता छैनः साउद

Posted: 2018-05-20 21:23:00

सुनाखरी न्युज/ काठमाडौं- नेपाल स्टक स्क्सचेञ्ज(नेप्से)का महाप्रबन्धक चन्द्र सिंह साउदले नेपालमा नयाँ स्टक एक्सचेञ्ज कम्पनीको आवश्यकता नपर्ने बताएका छन् । साउदले नेपाल स्टक एक्सचेञ्जले नै सेवा सुविधाहरु विस्तार गरेपछि अर्को स्टक एक्सचेञ्जको आवश्यकता नपर्ने बताए ।...


आइतबार देखि बिहीबारसम्म सिद्धार्थ बैंकको ७ करोड १ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार

Posted: 2018-05-20 12:37:06

सुनाखरी न्युज / काठमाडौ - आइतबारदेखि बिहीबारसम्म सिद्धार्थ बैंकको ७ करोड १ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै कारोबार भएको सेयर संख्याका आधारमा सिद्धार्थ बैंक अग्रस्थानमा छ । बैंकको २ लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो । बैंकको सेयर सस्तो भएपछि लगानीकर्ताले खरिद गरेका हुन् । सिद्धार्थको सेयर मूल्य घटेर प्रतिकित्ता ३३५ रुपैयाँमा कारोबार भएको छ । यस्तै वित्तीय अवस्था राम्रो, आकर्षक प्रतिफल दिने आशामा लगानीकर्ताले सिद्धार्थको सेयर किनेका हुन । गत साता १८१ कम्पनीको २ अर्ब १९ लाख ९९ हजार बराबरका ४८ लाख १२ हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका थिए । ...


Advertisements