शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



शेयर बजारमा अन्यौलता कायमै, सचिव नआएपछि लगानीकर्ताहरुको सहसचिवसँग वार्ता गरे, अव के हुन्छ ?

Posted: 2018-06-04 15:21:51

सुनाखरी न्युज/ काठमाडौं - सेयर लगानीकर्ता संगठनका नेताहरुले अर्थ मन्त्रालयका सहसचिवहरुसँग वार्ता गरेका छन् । सुरुमा राजस्व सचिवसँग वार्ता गर्ने भनिए पनि अर्थ मन्त्रालयमा पुगेपछि सहसचिव मात्र वार्तामा आएका थिए । लगानीकर्ताका तर्फबाट नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल र सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेल सहभागी थिए ।...


लगानीकर्ताले घेरे नेप्से, ५ मिनेटपछि मेगाले खोल्यो खाता

Posted: 2018-06-04 14:49:34

सुनाखरी न्युज/ काठमाडौं - हकप्रद र बोनस शेयरमा वृद्धि भएको लाभकरको विरोध जनाउँदै शेयर बजारका लगानीकर्ताले नेपाल स्टक एक्सचेञ्ज घेरोउ गरेका छन् । आन्तरिक राजश्व विभागको पत्र पछि हकप्रद र बोनस शेयरमा लाभकर वृद्धि भएको विरोधमा नेपाल पूँजी बजार लगानीकर्ता संघ, इन्भेष्टर फोरम र लगानीकर्ता संघले संयुक्त रुपमा नेप्से घेराउ गरेका हुन् ।लगानीकर्ताहरु विहान १० बजे नै नेप्सेको कार्यालयमा पुगि घेराउ गरेका हुन् । ...


असार ८ देखि प्रभु इन्स्योरेन्सको हकप्रद सेयर खुल्ला हुने

Posted: 2018-06-04 12:35:52

सुनाखरी न्युज/ काठमाडौ - प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन साविकका सेयरधनीलाई ३१ करोड ६६ लाख ६७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर १ अर्ब रुपैयाँ पुग्ने छ । नियामक बीमा समितिले आउदो असार सम्म चुक्तापुँजी बढाए १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएपछि प्रभुले हकप्रद निष्कासन गर्न लागेको हो । ...


निरास वन्दै शेयर बजारका लगानीकर्ता

Posted: 2018-06-04 09:12:43

सुनाखरी न्युज/ काठमाडौं - कुनै कम्पनीले दिने हकप्रद र बोनस सेयरमा सरकारले आधार मूल्य (एक सय रुपैयाँ अधिकांशको) देखि नै पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको छ । आन्तरिक राजस्व विभागले आइतबार उक्त निर्णय लागू गरेलगत्तै सेयर बजारमा उच्च बिन्दुको गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से करिब ३४ बिन्दुले ओर्लिएको छ । आइतबारको कदमलाई पुँजीबजारमाथि सरकारले हानेको झापडको रुपमा हेरिएको छ।...


खुल्यो शुभम् पावरको आईपीओ

Posted: 2018-06-03 11:20:12

सुनाखरी न्युज/ काठमाडौ - शुभम पावर लिमिटेडले यही जेठ २० गते आइतबारदेखि साधारण सेयर (आईपिओ) निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयबासिन्दाका लागि २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपिओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित संखुवासभाका स्थानीयलाई १० प्रतिशत आईपिओ निष्कासन गरेको छ । उक्त आईपिओमा न्युनतम ५० देखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाइनेछ । ...


Advertisements