शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



देव : विकास बैंकले २० लाख कित्ता शेयर लिलामीबाट बेच्दै

Posted: 2018-06-08 10:55:51

सुनाखरी न्युज/ काठमाडौं - देव : विकास बैंकले गत चैत्र २६ देखि बैशाख ३१ सम्मको समय दिएर जारी गरेको हकप्रद शेयरमा बिक्री नभएको २० लाख २० हजार ६० कित्ता शेयर लिलामिबाट बिक्री गर्ने भएको छ । बैंकको संस्थापक शेयर १४ लाख ७९ हजार २६४.८८ र सर्वसाधारण समूहतर्फको ५ लाख ४० हजार ७९४.७१ कित्ता शेयर लिलामिबाट बेच्न बैंकले सूचाना जारी गरेको छ । यो बैंकले आगामी असार १ देखि ८ गतेभित्र इच्छुक आवेदकले शिलबन्दी बोलपत्रमार्फत न्युनतम एक सय रुपैयाँ कबोल गरेर शेयरका लागि आवेदन दिनुपर्ने छ । साथै देव विकास बैंकले गत फागुन १६ सम्मा आवेदन दिनेहरुबाट हकप्रद शेयरका बाँडफाड गरेको छ । १० कित्ता हुनेलाई ४ कित्ता शेयर वितरण गरेको थियो । यो बैंकले ६५ लाख ३३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा रितपूर्वक आवेदन परेका ...


सेयर बजारमा लाभकरको विवाद तत्कालका लागि समधान

Posted: 2018-06-07 11:56:32

सुनाखरी न्युज/ काठमाडौं - लाभकरको विषयलाई लिएर भएको विवादमा सरकार पछि हटेको छ । बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पुँजीगत लाभकर गणना गर्न अर्थमन्त्रालयले आन्तरिक राजश्व विभागलाई निर्देशन दिएको छ । बुधबार अर्थमन्त्रालयले तत्कालका लागि पुरानै विधिबाट कर गणना गर्न आन्तरिक राजस्व विभागलाई पत्र काटेको हो । विभागले जेठ १८ गते बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो । यसै विषयलाई लिएर देशभरका लगानीकर्ता आन्दोलित भएपछि सरकारले छुट्टै समिति नै गठन गरी अध्ययन समेत थालेको छ । ...


मंगलबारको सेयर कारोबार बन्द, अब सरकारले के गर्ला त...!

Posted: 2018-06-05 14:21:15

सुनाखरी न्युज/ काठमाडौं - मंगलबारको सेयर बजार खुलेपनि कारोबार भने बन्द भएको छ । सेयर लगानीकर्ता संघलगायत अन्य लगानीकर्ताका संस्थाले सेयर कारोबार नगर्न दवाव दिए पछि सो दिनको कारोबार बन्द भएको हो ।सरकारले बोनस र हकप्रद सेयरमा लाभकर लगाउने भएपछि लगानीकर्ताहरुले लाभकर नहटाए सम्म कारोबार नगर्न ब्रोकरलाई दवाव दिएका हुन । सरकारको उक्त निर्णय फिर्ता नभएसम्म सेयर कारोबार नगर्न आम लगानीकर्ता तथा ब्रोकरलाई अनुरोध गरेका छन । ...


जेठ ३० गतेदेखि एनएमबी बैंकको एफपीओ निष्कासन हुदै...

Posted: 2018-06-05 09:48:38

सुनाखरी न्युज/ काठमाडौं - एनएमबी बैंकले जेठ ३० गतेदेखि थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो ।बैंकले प्रमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्नेछ । एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासन बन्द छिटोमा असार ३ र ढिलोमा असार २८ गतेसम्म लाई तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोषले जनाएको छ । ...


शेयर बजारको अन्यौल कायमै, सरकार ब्यवसायीवीचको बार्ता निश्कर्ष विहिन

Posted: 2018-06-04 21:08:01

सुनाखरी न्युज/ काठमाडौं - शेयर करोवारमा लाग्ने कर सम्वन्धी विवाद समाधान नहुँदा शेयर करोवार नै प्रभावित वन्न थालेको छ । अर्थमन्त्री डा. यवराज खतिवडाले आगामी आर्थिक बर्षके बजेट मार्फत शेयर करोवारमा लाग्ने करको ब्यवस्था परिमार्जन गर्दै आम लगीकर्तालाई अप्ठ्यारो पर्नेगरी नीतिगत ब्यवस्थाको प्रश्ताव गरेपश्चात यो समस्या सृजना भएको हो । ...


Advertisements