शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



सान्जेन र रसुवागढीको सेयर किन्ने पालो अब सर्वसाधारणको, साउनदेखि प्रक्रिया सुरु हुने

Posted: 2018-06-13 10:26:26

सुनाखरी न्युज/ काठमाडौं - रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीले साधारण सेयर निष्कासन गर्न अबको एक महिना अर्थात् साउनदेखि प्रक्रिया सुरू गर्ने भएका छन् । रसुवामा निर्माणाधीन ३ जलविद्युत आयोजनाको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउन लागिएको हो । स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर निष्कासन गर्न स्वीकृतिका लागि आगामी साउनमा नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरिने रसुवागढी हइड्रो पावर कम्पनीले बताए को छ । कम्पनीका अनुसार साउनभित्र बोर्ड आवेदन दिने गरी आवश्यक कागजात तयार गर्न सुरु गरिएको छ । ...


शेयर बजारमा एक्कासी हरियाली, दोहोरो अंकले बढ्यो नेप्से

Posted: 2018-06-11 12:51:23

सुनाखरी न्युज/ काठमाडौं - शेयर बजारमा एक्कासी हरियाली देखिएको छ । साताको पहिलो दिन आइतबार २५ अंब भन्दा बढीले ओरालो लागेको शेयर बजार सोमबार पनि निरन्तर ओरालो दिशमा अघि बढिरहेको अवस्थामा केहिबेर अघि एक्कासी हरियाली देखिएको हो । कारोबार खुल्ने वित्तिकै बजारमा देखियो हरियो ५ मिनेट पनि टिक्न सकेन । सोमबार कारोबार शुरु भएको केहि मिनेट देखि राताम्मे देखिएको बजार ११ बजेर ४४ मिनेट पछि भने हरियाली देखिएको छ । सोमबार १२ बजेर १० मिनेट जाँदा दोहोरो अंकले नेप्सेमा वृद्धि देखिएको छ । १२३१।६४ अंकबाट शुरु भएको कारोबार १६.५९ अंकले बढेर १२४८. २३ मा पुगेको छ । ...


ग्रीन डेभलपमेन्टको संस्थापक शेयर बिकेन, शेयर नबिकेपछि फेरि लिलामीमा

Posted: 2018-06-10 09:55:55

सुनाखरी न्युज/ काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर नबिकेपछि फेरि लिलामीमा राखिएको छ । यो बैंकले गत जेठ १७ देखि आवेदन खुलाएको सर्वसाधारण र संस्थापक शेयरमा संस्थापक बिकेन । बैंकले ३ लाख ७५ हजार ५०० कित्ता संस्थापक शेयरको यस अघि नै लिलामी गर्दा हाल बजारमा डेढ सय पर्ने शेयर एक सयमा पनि नबिकेको पाइएको छ । यो बैंकले जेठ १७ देखि खुला गरेको आवेदनमा नबिकेको ३ लाख ७५ हजार ५ सय कित्ता शेयरमध्ये जम्मा ३८ हजार कित्ता मात्रै बिक्री भएकोले फेरि ३ लाख ३७ हजार ५ सय कित्ता शेयरको लिलामी गरेको छ ।यो बैंकले न्युनतम १ सय रुपैयाँ कबोल गर्ने गरी यही असार ३ देखि १० गतेभित्र आवेदन दिन सुचना जारी गरेको छ । यो बैंकको शेयर खरिद गर्न लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, र बैंकको कार्यालयबाट आवेदन माग गरेको छ । ...


सहकारी क्षेत्रको अधिकांस पूँजी लगानी अनुत्पादक क्षेत्रमा

Posted: 2018-06-10 09:31:03

सुनाखरी न्युज/ काठमाडौं- पछिल्लोपटक सहकारी संस्थाको लगानी घरजग्गा खरीद बिक्री, वैदेशिक रोजगार र अध्ययन, यातायात क्षेत्रमा सीमित हुन पुगेको छ । जुन लगानीबाट राज्यलाई उल्लेखनीय प्रतिफल प्राप्त हुदैन । चर्को ब्याजमा सहकारीसँग ऋण लिएर मोटरसाइकल खरीद गर्नेको संख्या पनि ह्वात्तै बढेको छ ।...


उन्नति माइक्रोफाइनान्सले २० प्रतिशत हकप्रद सेयर जारी गर्ने

Posted: 2018-06-09 06:41:16

सुनाखरी न्युज/ काठमाडौं- उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद जारी गर्न अनुपति माग गर्दै लघुवित्तले नियामक निकाय धितोपत्र बोर्डमा जेठ २० गते निवेदन दिएको हो । हाल लघुवित्तको चुक्ता पूँजी पाँच करोड ५० लाख रुपैयाँ रहेको छ ।...


Advertisements