शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



हकप्रद सेयर निष्काशनको तयारीमा ११ कम्पनी, बिक्रीका लागि धितोपत्र बोर्डमा आवेदन

Posted: 2018-06-17 09:54:32

सुनाखरी न्युज/ काठमाडौं - विभिन्न ११ कम्पनीले सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रुपैयाँ मूल्य बराबरको सात करोड ५४ लाख ७० हजार दुई सय ४० कित्ता हकप्रद सेयर निष्कासनको तयारी गरेका छन । १/१ वटा उत्पादनमूलक कम्पनी, जलविद्युत् र वाणिज्य बैंकका साथमा चार वटा माइक्रोफाइनान्स एवम् २।२ वटा बीमा कम्पनी र फाइनान्स कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएका छन । ...


शेयर कारोवारमा सामान्य सुधार

Posted: 2018-06-16 07:45:22

सुनाखरी न्युज/ काठमाडौं- शेयर कारोवारमा यो साता सामान्य सुधार देखिएको छ । विगतमा निरन्तर ओरालो लागेको बजारमा यो साताभने सुधार देखिएको हो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यो साता नेपाल स्टक एक्सचेन्जमा १८६ कम्पनीहरुको कारोबार भएको छ ।...


देव विकास बैंकको हकप्रद लिलामि आज देखी खुल्यो

Posted: 2018-06-15 12:58:36

सुनाखरी न्युज/ काठमाडौं - देव विकास बैंक लिमिटेड (Deva Bikas Bank Limited.) ले २० लाख २० हजार ५९ दशमलव ५९ कित्ता हकप्रद शेयर लिलामि आज सावजनिक गरेको छ । बैंकको संस्थापक तर्फको शेयर १४ लाख ७९ हजार २ सय ६४ दशमलव ८८ र सर्वसाधारण समुह तर्फको ५ लाख ४० हजार ७ सय ९४ दशमलव ७१ कित्ता हकप्रद शेयर गरी कुल २० लाख २० हजार ५९ दशमलव ५९ कित्ता शेयर गोप्य शिल्ड टेन्डर आज सार्वजनिक गरेको छ । संस्थापक समूहको सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहमा १०० ...


नेपाल स्टक एक्सचेन्सले चारवटा ब्रोकरलाई आन्तरिक रुपमा अनलाइन परीक्षणकालागि निर्देशन

Posted: 2018-06-14 16:29:17

अनलाइन प्रणाली आउने चर्चाले आजको बजारमा सपोर्ट गरेको बजार विश्लेषकहरुले बताए। बजेट पछि पनि बैंक तथा वित्तीय संस्थाको व्याजदरमा कुनै समाधान हुने अवस्था नदेखिए पछि बजार माथि जान नसकेको उनी बताउँछन्। विश्लेषकहरुले भन्छन् स्थिर सरकार आएकै यतिका समय भैसक्यो .......


मेगा बैंकका सेयरधनीले १०.७५ प्रतिशत बोनस सेयर पाउने

Posted: 2018-06-14 10:14:21

सुनाखरी न्युज/ काठमाडौं - मेगा बैंकले सेयरधनीलाई १०.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले यसअघि टुरिजम डेभलपमेन्ट बैंक र आफैँले घोषणा गरेको बोनस खारेज गर्दै नयाँ प्रस्ताव अघि सारेको हो । बैंकको मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । सोही बैठकले दुबै बैंक एकीकृत कारोबार गरिसकेको अवस्थामा यसअघि टुरिजम डेभलपमेन्ट बैंक र मेगाले घोषणा गरेको बोनस सेयर खारेज गर्ने र एकमुष्ट रुपमा मेगा बैंक सरह १०.७५ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ । ...


Advertisements