शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



सेयरमा लगानी गर्ने चाहनेले यी कुरा ख्याल गर्नुस

Posted: 2018-06-22 08:34:37

सुनाखरी न्युज/ काठमाडौं — पैसा छ, तर कहाँ लगानी गर्ने भनेर चिन्तित हुनुहुन्छ ? वा, दुस्ख गरी कमाएकोरबचत गरेको पैसा कम ब्याज आउने गरी बैंकमा राख्नुभएको छ ? के त्यसलाई सुरक्षित तवरले लगानी गरी राम्रो प्रतिफल कमाउन चाहनुहुन्छ ? त्यसो हो भने, सेयरमा लगानी पनि एउटा राम्रो विकल्प हुन सक्छ ।...


एनएमबि बैंकको एफपिओमा संस्थागत लगानीकर्ताले गर्न थाले आवेदन

Posted: 2018-06-21 08:46:13

सुनाखरी न्युज/ काठमाडौं- एनएमबि बैंकको एफपिओमा संस्थागत लगानीकर्ताबाट आवेदन पर्नेक्रम बढेको छ । नेपाल धितोपत्र बोर्डले प्राथमिक निष्काशनमा संस्थागत लगानीकर्तालाई तोकेको अधिकतम सीमा हटाएपछि बुधबारसम्म केही म्युचुअल फण्ड र इन्स्योरेन्स कम्पनी समेतगरी ४२ वटा संस्थागत लगानीकर्ताले आवेदन गरेका छन् ।...


संस्थागतलाई खुलेकै दिनदेखि एफपिओ दिन पाउने सेबोनको नयाँ ब्यवस्था

Posted: 2018-06-20 08:15:30

सुनाखरी न्युज/ काठमाडौं- धितोपत्र वोर्डले संस्थागत लगानीर्कालाई खुलेकै दिनदेखि एफपिओ दिने निर्णय गरेको छ । बजारमा प्राथमिक शेयर निष्काशन गर्ने कम्पनीले आफ्नो शेयरमा एकजना लगानीकर्तालाई अधिकतम कति कित्ता शेयर लगानी गर्न दिने भन्ने निर्णय आफैँ गर्न पाउने ब्यवस्था उसले गरेको हो । ...


सांग्रिला डेभलपमेन्ट बैंकको मुल्य समायोजन

Posted: 2018-06-18 13:11:28

सुनाखरी न्युज/ काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (Shangrila Development Bank Ltd.) को २ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मुल्य समायोजन भएको छ । समायोजन मुल्य १५९.०२ रुपैयाँ तोकिएको छ । औषत आधार मुल्य भने २२८.५१ रुपैयाँ रहेको छ । ...


प्रभु बैंकको संस्थापक र सर्वसाधारण हकप्रद सेयर लिलामीमा

Posted: 2018-06-18 10:45:46

सुनाखरी न्युज/ काठमाडौं - प्रभु बैंकको संस्थापक र सर्वसाधारण हकप्रद सेयर लिलामी हुने भएको छ । निष्कासन गरिएको मध्ये आवेदन नपरेको २२ लाख ३२ हजार २६५ कित्ता लिलामी हुन लागेको हो । बैंकको संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ र सर्वसाधारणको ६ लाख ७१ हजार ०६२ कित्तालाई आवेदन नपरेपछि लिलामी गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन गत माघ १० देखि फागुन २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । ...


Advertisements