शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



मौद्रिक नीतिलाई नेप्सेको लाल झण्डा, लगानीकर्ता निरास

Posted: 2018-07-12 15:40:36

सुनाखरी न्युज/ काठमाडौं - आर्थिक वर्ष २०७५र७६ को मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टै सेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अधिकांश समय अधिकांश समूहको परिसूचकमा रातो बत्ती बल्दा साताको अन्तिम दिन बिहीबार सेयर बजार १३ दशमलब ६६ अंकले ओरालो लागेको हो ।...


शेयर बजारमा लगानीकर्तालाई अर्को पीडा, बैंकले दिन पाउने मार्जिन लोनको सीमामा अंकुश लाग्यो

Posted: 2018-07-11 15:38:38

सुनाखरी न्युज/ काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको साविकको ४० प्रतिशतबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको छ। यस सँगै बैंकहरुले आफ्नो पूँजीको २५ प्रतिशत मात्रै मार्जिन प्रकृतिको कर्जा लिन पाउने छन्।...


सेयर लगानीकर्ता अप्ठ्यारोमा, साँवा र ब्याज भुक्तानीकै चिन्ता

Posted: 2018-07-11 10:37:24

सुनाखरी न्युज/ काठमाडौं- सेयर लगानीकर्तालाई सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तिर्ने दबाब परेको छ। वित्तीय संस्थाले चालु आर्थिक वर्षको असार मसान्तभित्र साँवा र ब्याज तिर्न दबाब दिएपछि लगानीकर्ताले सेयर बिक्री गरेरै भए पनि भुक्तानी गर्दा सेयर बजार ओरालो लाग्न पुगेको हो।...


नेप्सेका महाप्रवन्धक साउद हटाइए, अर्थकै उपसचिव रमेश अर्याललाई नेप्सेको जिम्मेवारी

Posted: 2018-07-09 07:20:39

सुनाखरी न्युज/ काठमाडौ- केपी ओली सरकारले आठ महिना अघि प्रतिःपर्धामा छानिएका नेपाल स्टक एक्सचेन्ज(नेप्से) का महाप्रवन्धक चन्द्रसिंह साउदलाई हटाएको छ। अर्थमन्त्रालयले आइतबार साउदलाई हटाएको गरेको पत्र पठाएको हो।ओली सरकारले सात महिना अघिल्लो सरकार शेरबहादुर देउवाका पालामा नियुक्त भएका सबै राजनीतिक नियुक्ती खारेज गर्ने निर्णयसँगै साउदले हटाएको पत्र पाएका हुन्।अर्थका सहसचिव उत्तर खत्रीले साउदलाई महाप्रवन्धक पदबाट हटाएको पत्र पठाएको पुष्टी गरे।...


सिन्धु विकास बैंकको मूल्य समायोजन

Posted: 2018-07-08 13:29:09

सुनाखरी न्युज/ काठमाडौं - सिन्धु विकास बैंक लिमिटेडको ५ दशमलव ९५ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजनपछि कम्पनीको शेयर मूल्य १ सय २४ दशमलव ५९ रुपैयाँ कायम भएको छ । ...


Advertisements