शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



शिवम् सिमेन्ट्सको आईपीओ साउन १३ देखि, १० हजार कित्ता सम्म आवेदन दिन पाइने

Posted: 2018-07-19 09:37:17

सुनाखरी न्युज/ काठमाडौं - निजी लगानीमा सञ्चालित शिवम् सिमेन्ट् लिमिटेडले साउन १३ गतेखदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित मकवानपुरका स्थानीयबासिन्दालाई ८ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ...


सिंगटी हाइड्रो इनर्जीले ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने

Posted: 2018-07-18 13:12:12

सुनाखरी न्युज/ काठमाडौँ - सिंगटी हाइड्रो इनर्जी कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि ...


सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न पायो अनुमति, प्रतिकित्ता २०० रुपैयाँ

Posted: 2018-07-18 10:19:32

सुनाखरी न्युज/ काठमाडौँ - सिटिजन्स बैंकले थप निष्कासन (एफपीओ) ल्याउन अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता २०० रुपैयाँमा ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । ...


नेश्नल लाइफ इन्स्योरेन्सको हकप्रद आज देखि, भदौ ५ गतेसम्म खुल्ने

Posted: 2018-07-17 11:17:43

सुनाखरी न्युज/ काठमाडौँ - नेश्नल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आज मंगलबारदेखि बिक्री खुला भएको छ । चुत्तापुँजी बढाउन कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता साविकका सेयरधनीलाई निष्कासन गरेको हो । ...


आजदेखि शेयर कारोबार अनलाइनमार्फत

Posted: 2018-07-17 07:19:24

सुनाखरी न्युज/ काठमाडौं- तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौंको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ । सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ ।...


Advertisements