शेयर बजार

एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं -  सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले १० . ७ को अनुपातमा साविकका शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्न लागेको हो । शेयरसम्बन्धी सम्झौता पत्रमा एनआईसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्सबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले हस्ताक्षर गरे ।
 
 
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा तथा लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।



More News



ग्रिनलाईफ हाइड्रोपावरले १८ करोडको आईपीओ निष्कासन गर्ने

Posted: 2018-08-26 11:22:56

सुनाखरी न्युज/ काठमाडौँ - ग्रिनलाईफ हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ...


विभिन्न ३ कम्पनीको एक करोड २० लाख कित्ता सेयर सूचिकृत

Posted: 2018-08-24 11:48:57

सुनाखरी न्युज/ काठमाडौं - नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न तीन कम्पनीको एक करोड २० लाख ५० हजार ८५४ कित्ता सेयर सूचिकृत भएको छ । बिहीबार एकैदिन दुई कम्पनीको बोनस र एक कम्पनीको हकप्रद गरी सो मात्राको सेयर नेप्सेमा थपिएको हो । ...


पुनर्बीमा कम्पनीले १६० करोडको आईपीओ ल्याउदै, निष्कासन प्रवन्धमा आरबीबी मर्चेन्ट

Posted: 2018-08-24 11:23:58

सुनाखरी न्युज/ काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ ...


एनएमबि बैंकको एक करोड १४ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत

Posted: 2018-08-23 08:58:00

सुनाखरी न्युज/ काठमाडौं - एनएमबि बैंक लिमिटेडको एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । बुधबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको ...


११ जलविद्युत कम्पनीले ३ अर्ब ३५ करोड बढीको साधारण सेयर निष्कासन गर्दै

Posted: 2018-08-22 13:27:59

सुनाखरी न्युज/ काठमाडौं - ११ जलविद्युत कम्पनीले ३ अर्ब ३५ करोड ६ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने भएका छन् । जलविद्युत आयोजनामा लगानी कम्पनीले स्थानीय र सर्वसाधारणका लागि ...


Advertisements