शेयर बजार

आँखुखोला जलविद्युत कम्पनीको आईपीओ आजदेखि, ६ हजार कित्तासम्म आवेदन दिन पाइने

Posted: 2018-10-09 10:10:00

सुनाखरी न्युज/ काठमाडौं - निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले मंगलबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १३ करोड ७६ लाख रुपैयाँ बराबरको १३ लाख ७६ हजार कित्ता आईपीओ निष्कासन गरेको हो ।आईपीओ निष्कासन बन्द हुने छिटोमा असोज २६ र ढिलोमा कात्तिक ६ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । सिभिलका अनुसार न्युनतम ५० कित्ता र अधिकतमा ६ हजार कित्तासम्म आईपीओ भर्न पाइने छ ।
 
 
कम्पनीले १२ करोड रुपैयाँ र आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्दा बिक्री नभएको १ करोड ७६ लाख रुपैयाँको समेत गरी आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासन मध्ये ६८ हजार ८०१ कित्ता आईपीओ सामूहिक लगानी कोष र २७ हजार ५२० कित्ता कर्मचारीलाई छुट्टाइएको सिभिलले जानकारी दिएको छ ।कम्पनीले धादिङमा ८.४ मेगावाटको आँखुखोला आयोजना सञ्चालन गरिरहेको छ । २०७० मंसिरदेखि कम्पनीले व्यापारिक रुपमा बिजुली उत्पादन गरेको हो । आयोजना बनाउन २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ लगानी भएको छ ।आयोजनामा ७५ प्रतिशत अर्थात ६० करोड रुपैयाँ संस्थापक र २५ प्रतिशत अर्थात २० करोड रुपैयाँ सर्वसाधारणको लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । चुत्तापुँजी ८० करोड रुपैयाँ पुग्ने छ । आयोजनाबाट ९ वर्षमा लगानी फिर्ता हुने छ ।



More News



दशैं अगाडि यी १५ कम्पनिले गरे लाभांस वितरण, कसको कति दिए ?

Posted: 2018-10-17 06:32:12

सुनाखरी न्युज/ काठमाडौं- नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका कम्पनी मध्ये १५ कम्पनीले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई प्रतिफल बितरण गरेका छन् । १५ कम्पनीले गत आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएर बोनस सेयर तथा नगद लाभांस बितरणको प्रस्ताव पारित गरेका हुन् ।...


नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने

Posted: 2018-10-14 10:10:43

सुनाखरी न्युज/ काठमाडौं - नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले २० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । शुक्रबार सम्पन्न भएको कम्पनीको सातौ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । बैठकले कम्पनीको आ.व.


दुई हाइड्रो पावर कम्पनीको साढे ५३ लाख कित्ता आईपिओ आउँदै

Posted: 2018-10-12 12:38:12

सुनाखरी न्युज/ काठमाडौं - माउण्टेन हाइड्रो नेपाल र युनियन हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन गरेका छन् । दुई कम्पनीले ५३ करोड ५० लाख ४५ हजार रुपैयाँ बराबरको ५३ लाख ५० लाख ४५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । ...


एनआइबिएल एस क्यापिटलको साधारण सभा सम्पन्न, उक्त अवसर पारि रक्तदान कार्यक्रमको आयोजना

Posted: 2018-10-10 12:19:46

सुनाखरी न्युज/ काठमाडौं - एनआइबिएल एस क्यापिटल लिमिटेडले मिति २०७५ साल आश्विन २३ मंगलबारको दिन छैठौ साधारण सभा सम्पन्न गरेको छ उक्त साधारण सभाबाट नगद १५प्रतिशत लाभाशं पारित गरिएको छ उक्त ...


एनआईसी एशिया क्यापिटल र सुर्य लाइफ इन्स्योरेन्स बीच हकप्रद शेयर सम्बन्धी सम्झौता

Posted: 2018-10-09 11:11:35

सुनाखरी न्युज/ काठमाडौं - सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको छ । सुर्या लाइफले ...


Advertisements