शेयर बजार

मौद्रिक नीतिलाई नेप्सेको लाल झण्डा, लगानीकर्ता निरास

Posted: 2018-07-12 15:40:36

 
सुनाखरी न्युज/
काठमाडौं -
आर्थिक वर्ष २०७५र७६ को मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्टै सेयर बजार दोहोरो अंकले घटेको छ ।
 
कारोबारको अधिकांश समय अधिकांश समूहको परिसूचकमा रातो बत्ती बल्दा साताको अन्तिम दिन बिहीबार सेयर बजार १३ दशमलब ६६ अंकले ओरालो लागेको हो ।
 
 
 
 
१२०५ दशमलव ६७ बाट शुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११९१ दशमलव ९८ को विन्दुमा आइपुगेर कारोबार बन्द भएको छ । कारोबार खुला भएको केही समय उकालो लागेको बजार धेरैबेर टिक्न सकेन ।
 
कारोबार रकम भने बिहीबार ४५ करोड ४४ लाख ६ हजार २ सय ५६ रुपैयाँ पुगेको छ । १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।
 
लामो सय सेयर बजार ओरालो लागेर हैरान भएका लगानीकर्ताहरु मौद्रिक नीति आए पछि बढ्ने आशामा बसेका थिए । तर, अपेक्षा अनुसारको मौद्रिक नीति नआएको भन्दै पूँजी बजारका लगानीकर्ताहरु निराश भएका छन् ।
 
बुधबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा केही राम्रा व्यवस्थाहरु गरिएको भए पनि बैंकहरुले सेयर धितोमा प्रबाह गर्ने कर्जाको सिमा घटाएको कारण लगानीकर्ताहरु सन्तुष्ट हुन नसकेका हुन् ।
 
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यसअघि प्राथमिक पूँजीको ४० प्रतिशतसम्म दिदै आएको कर्जा सिमालाई घटाएर २५ प्रतिशतमा झारेको छ । तर, मौद्रिक नीतिले सेयर बजारको दायरालाई फराकिलो बनाउन वाणिज्य बैंकलाई पनि सेयर ब्रोकर लाइसेन्स खुल्ला गरेको छ ।
 
यो व्यवस्थासँगै अब वाणिज्य बैंकहरुले सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्न सक्ने भए पनि लगानीकर्ताहरु खुसी हुन नसक्दा सेयर बजार बढ्न सकेन ।



More News



एक दर्जन कम्पनीको ४ अर्ब २८ करोडको बोनस सेयर दर्ता, कसको कति हेर्नुस

Posted: 2018-09-24 13:39:38

सुनाखरी न्युज/ काठमाडौँ - साउनयता विभिन्न एक दर्जन कम्पनीको बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ । यस्तै कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बोनस सेयर सुचिकृत भएका छन । बोर्डमा बोनस ...


एनसीसी बैंकको ५० प्रतिशत हकप्रद भर्ने म्याद १५ दिन थप

Posted: 2018-09-23 12:33:47

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी) (Nepal Credit And Commercial Bank Limited.) ले ५० प्रतिशत हकप्रद शेयर भने म्याद थप गरेको छ । बैंकले १५ दिनको समय थप गरेरे हकप्रद शेयर भर्ने समय असोज ...


मञ्जुश्री फाइनान्सले ९ प्रतिशत नगद लाभांश दिने

Posted: 2018-09-23 10:35:41

सुनाखरी न्युज/ काठमाडौँ - मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पुँजीको सो मात्रा अर्थात ७ करोड २३ लाख ६५ हजार ४०० रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो ...


शेयर बजारप्रति लगानीकर्ता आशावादी, अवका दिनमा के होला ?

Posted: 2018-09-22 07:23:01

सुनाखरी न्युज/ काठमाडौं- नयाँ आर्थिक बर्ष लागेयता पछिल्लो दुई महिनाको शेयर बजार सन्तोषजनक नै देखिएको छ । नयाँ बजेट, मौद्रिक नीति तथा पूँजी बजारमा भित्र्याइएका केही नयाँ नीतिहरुले बजारले फड्को मार्न नसके पनि लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था भने देखिँदैन । नयाँ आर्थिक बर्ष लागे यता साउन १ गतेदेखि असोज ४ गतेसम्मको अवधिमा नेप्से सूचक ५०.७६ अंकले बढेको छ ।...


कञ्चन डेभलपमेन्ट बैंकले ११.२९ प्रतिशत लाभांश दिने

Posted: 2018-09-21 14:10:40

सुनाखरी न्युज/ काठमाडौँ - कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ११ दशमलव २९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको असोज ४ गते बसेको संचालक समितिको बैठकले पाँच प्रतिशत बोनस सेयर र छ दशमलव ...


Advertisements