शेयर बजार

शेयर बजारमा लगानीकर्तालाई अर्को पीडा, बैंकले दिन पाउने मार्जिन लोनको सीमामा अंकुश लाग्यो

Posted: 2018-07-11 15:38:38

 
सुनाखरी न्युज/
काठमाडौं-
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले शेयरको धितोमा प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जा प्राथमिक पूँजीको साविकको ४० प्रतिशतबाट घटाई २५ प्रतिशतसम्म मात्र प्रवाह गर्न पाउने व्यवस्था गरेको छ।
 
यस सँगै बैंकहरुले आफ्नो पूँजीको २५ प्रतिशत मात्रै मार्जिन प्रकृतिको कर्जा लिन पाउने छन्।
 
गत आर्थिक वर्षको मौद्रिक नीतिले शतप्रतिशतबाट ४० प्रतिशतमा झारेको थियो। यस वर्ष पुनः १५ प्रतिशत घटाएको छ।



More News



सिंगटी हाइड्रो इनर्जीले ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने

Posted: 2018-07-18 13:12:12

सुनाखरी न्युज/ काठमाडौँ - सिंगटी हाइड्रो इनर्जी कम्पनीले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले दोलखामा निर्माणाधीन २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको स्थानीय र सर्वसाधारणका लागि ...


सिटिजन्स बैंकले एफपीओ निष्कासन गर्न पायो अनुमति, प्रतिकित्ता २०० रुपैयाँ

Posted: 2018-07-18 10:19:32

सुनाखरी न्युज/ काठमाडौँ - सिटिजन्स बैंकले थप निष्कासन (एफपीओ) ल्याउन अनुमति पाएको छ । धितोपत्र बोर्डले बैंकलाई प्रतिकित्ता २०० रुपैयाँमा ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ बराबरको ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ निष्कासन गर्न अनुमति दिएको हो । ...


नेश्नल लाइफ इन्स्योरेन्सको हकप्रद आज देखि, भदौ ५ गतेसम्म खुल्ने

Posted: 2018-07-17 11:17:43

सुनाखरी न्युज/ काठमाडौँ - नेश्नल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर आज मंगलबारदेखि बिक्री खुला भएको छ । चुत्तापुँजी बढाउन कम्पनीले ६० प्रतिशत अर्थात ९९ करोड ३६ लाख ४७ हजार रुपैयाँ बराबरको ९९ लाख ३६ हजार कित्ता साविकका सेयरधनीलाई निष्कासन गरेको हो । ...


आजदेखि शेयर कारोबार अनलाइनमार्फत

Posted: 2018-07-17 07:19:24

सुनाखरी न्युज/ काठमाडौं- तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौंको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ । सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ ।...


एनएमबि बैकको एफपिओ बाँडफाँड

Posted: 2018-07-16 21:17:33

सुनाखरी न्युज/ काठमाडौं- एनएमबि बैकको सेयर बाँडफाँड भएको छ । प्रति सेयर ३ सय ३३ रुपैया रहेको ३ अर्ब ८० करोड १२ लाख ४९ हजार २ सय ७९ रुपैया बराबारको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता सेयर २०७५।०२।३० मा सर्बसाधारणको लागि खुल्ला गरिएको थियो । २०७५।०३।२८ मा बन्द भएको उक्त सेयरमा ६९ हजार ६ सय ४६ जनाले १ करोड १४ लाख ८३ हजार २ सय ४० कित्ताको लागि आवेदन दिएका थिए । ...


Advertisements