शेयर बजार

नेप्सेका महाप्रवन्धक साउद हटाइए, अर्थकै उपसचिव रमेश अर्याललाई नेप्सेको जिम्मेवारी

Posted: 2018-07-09 07:20:39

 
सुनाखरी न्युज/
  
 
काठमाडौ-
केपी ओली सरकारले आठ महिना अघि प्रतिःपर्धामा छानिएका नेपाल स्टक एक्सचेन्ज(नेप्से) का महाप्रवन्धक चन्द्रसिंह साउदलाई हटाएको छ।
 
अर्थमन्त्रालयले आइतबार साउदलाई हटाएको गरेको पत्र पठाएको हो।ओली सरकारले सात महिना अघिल्लो सरकार शेरबहादुर देउवाका पालामा नियुक्त भएका सबै राजनीतिक नियुक्ती खारेज गर्ने निर्णयसँगै साउदले हटाएको पत्र पाएका हुन्।अर्थका सहसचिव उत्तर खत्रीले साउदलाई महाप्रवन्धक पदबाट हटाएको पत्र पठाएको पुष्टी गरे।
 
‘हामीले साउदलाई हटाएर तत्कालका लागि अर्थमन्त्रालयबाट उपसचिव रमेश अर्याललाई नेप्से पठाएका छौं’उनले बिजमाण्डूसँग भने,नेप्सेमा महाप्रवन्धक नियुक्ती नभएसम्मका लागि अर्यालले त्यहाँ बसेर काम गर्नुहुनेछ।‘ अर्याल अर्थमन्त्रालय अन्तर्गतको नीति विश्लेषण महाशाखामा कार्यरत थिए।साउद आइतबारसम्म सिंहदरबारःिथत नेप्से पुगेर काम गरेका थिए।
 
साउदले पत्र पाएपछि पनि कुनै प्रतिकृया दिएका छैनन्।‘उनले पत्र पाएपछि कानुनी उपचारमा जाने सोच बनाएका छन्।तर यसका बारेमा निर्णय भने गर्न सकेका छैनन्’उनी निकट स्रोतले भन्यो।
 
साउदलाई प्रतिःपर्धामार्फत महाप्रवन्धकमा नियुक्त गरिएको थियो।अर्थमन्त्रालयले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोजकुमार ज्ञवाली छनौंट गरेर तात्कालिन देउवा सरकारको मन्त्रीपरिषद्मा सिफारिश गरेको थियो।देउवा सरकारले साउदलाई महाप्रवन्धकमा नियुक्त गरेको थियो।नेपाल कम्युनिःट पार्टी (नेकपा) को सचिवालयको गत बुधवार बसेको बैठकले कांग्रेसलाई काउन्टर दिने निर्णय गरेसँगै मध्यरातमा क्याविनेट बसेर देउवाले गरेका सबै राजनीतिक नियुक्ति खारेज गरेको थियो।
 
पछिल्लो समयमा चिकित्सा शिक्षा अध्यादेश,गोविन्द केसीको अनसन र निषेधाज्ञाका बारेमा संसद र सडकमा आन्दोलन गर्ने घोषणा गरेपछि  ओली सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको मिति २०७४ भदौ १४ गतेदेखि  फागुन ३ गते ओली सरकार गठन भएसम्मका नियुक्तिहरु खारेज गरेको थियो।
 



More News



शेयर बजारप्रति लगानीकर्ता आशावादी, अवका दिनमा के होला ?

Posted: 2018-09-22 07:23:01

सुनाखरी न्युज/ काठमाडौं- नयाँ आर्थिक बर्ष लागेयता पछिल्लो दुई महिनाको शेयर बजार सन्तोषजनक नै देखिएको छ । नयाँ बजेट, मौद्रिक नीति तथा पूँजी बजारमा भित्र्याइएका केही नयाँ नीतिहरुले बजारले फड्को मार्न नसके पनि लगानीकर्ता निरुत्साहित हुनुपर्ने अवस्था भने देखिँदैन । नयाँ आर्थिक बर्ष लागे यता साउन १ गतेदेखि असोज ४ गतेसम्मको अवधिमा नेप्से सूचक ५०.७६ अंकले बढेको छ ।...


कञ्चन डेभलपमेन्ट बैंकले ११.२९ प्रतिशत लाभांश दिने

Posted: 2018-09-21 14:10:40

सुनाखरी न्युज/ काठमाडौँ - कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई ११ दशमलव २९ प्रतिशत लाभांश दिने भएको छ । बैंकको असोज ४ गते बसेको संचालक समितिको बैठकले पाँच प्रतिशत बोनस सेयर र छ दशमलव ...


ङादी ग्रुपको १० प्रतिशत नगद लाभांश पारित गर्न आज एजीएम

Posted: 2018-09-20 13:06:17

सुनाखरी न्युज/ काठमाडौं - ङादी ग्रुप पावर (Ngadi Group Power Ltd.) को एजीएम आज बिहीबार असोज ४ गते बिहान ११ बजे अमृतभोग क्याटरर्स, कालिकास्थान काठमाडौंमा हुँदैछ । सभामा ङादीले आर्थिक वर्ष २०७४–७५ को ...


मितेरी डेभलपमेन्टले १७ प्रतिशत बोनस दिने

Posted: 2018-09-20 12:54:17

सुनाखरी न्युज/ काठमाडौं - मितेरी डेभलपमेन्ट बैंक लिमिटड (Miteri Development Bank Ltd.) ले १७ प्रतिशत बोनस दिने भएको छ । कम्पनीले असोज ४ गते बसेको संचालक समितिको बैठकबाट आव २०७४/७५ को नाफा तथा ...


शुभम पावरको शेयर अब सर्वसाधारणलाई

Posted: 2018-09-19 12:08:55

सुनाखरी न्युज/ काठमाडौं - शुभम पावर लिमिटड (Shuvam Power Limited.) ले जेठ २० गते स्थानीय बासिन्दका लागि १० प्रतिशत जारी गरेको शेयर पुरा बिक्री नभएपछि सर्वसाधारणलाई निष्काशन गरेको शेयरमा उक्त शेयर थप गरी ...


Advertisements