शेयर बजार

मेगा बैंकका सेयरधनीले १०.७५ प्रतिशत बोनस सेयर पाउने

Posted: 2018-06-14 10:14:21

सुनाखरी न्युज/ काठमाडौं - मेगा बैंकले सेयरधनीलाई १०.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले यसअघि टुरिजम डेभलपमेन्ट बैंक र आफैँले घोषणा गरेको बोनस खारेज गर्दै नयाँ प्रस्ताव अघि सारेको हो । बैंकको मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । सोही बैठकले दुबै बैंक एकीकृत कारोबार गरिसकेको अवस्थामा यसअघि टुरिजम डेभलपमेन्ट बैंक र मेगाले घोषणा गरेको बोनस सेयर खारेज गर्ने र एकमुष्ट रुपमा मेगा बैंक सरह १०.७५ प्रतिशत बोनस वितरण गर्ने निर्णय गरेको छ ।
 
 
यसअघि टुरिजम् बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । अब टुरिजम बैंकका सेयरधनीले पनि १०.७५ प्रतिशत नै बोनस पाउनेछन । यसअघि मेगा बैंकले चुक्ता पूँजीको ९.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सो बेला मेगाको चुक्ता पूँजी ७ अर्ब ३७ करोड ६७ लाख ४२ हजार ५२० रुपैयाँ रहेको थियो ।  अब मेगा बैंकका सेयरधनीले पनि १०.७५ प्रतिशत बोनस पाउनेछन ।



More News



एसियन लाइफ इन्स्योरेन्स हकप्रद शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएलएस क्यापिटल नियुक्त

Posted: 2018-08-17 13:39:52

सुनाखरी न्युज/ काठमाडौं - एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारणसभाबाट पारित १० बराबर ६ को अनुपातमा ७५ करोड ४० लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएलएस क्यापिटललाई धितोपत्र ...


एनएलजी इन्स्योरेन्सको नाफा २ करोड ६० लाख, प्रति शेयर आम्दानी ४० रुपैयाँ

Posted: 2018-08-17 11:01:46

सुनाखरी न्युज/ काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७४र७५ मा २ करोड ६० लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बिमा कम्पनीले गत वर्ष बिमा शुल्क आर्जनबाट १ अर्ब ५१ करोड रुपैयाँ संकलन ...


एनएमबि बैंकको १५ प्रतिशत बोनस सेयर पारित

Posted: 2018-08-17 10:38:01

सुनाखरी न्युज/ काठमाडौं - एनएमबि बैंक लिमिटेडले विहीबार आफ्नो २२ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संचालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न साधारणसभाले एनएमबि बैंकको आर्थिक वर्ष ...


शिखर इन्स्योरेन्सको खुद नाफा ४३ करोड, प्रतिशेयर आम्दानी ४० रुपैयाँ

Posted: 2018-08-16 14:40:27

सुनाखरी न्युज/ काठमाडौं - निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैयमाससम्म खुद मुनाफा ४३ करोड १६ लाख रुपैयाँ गर्न सफल भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनाभन्दा १९ ...


ग्लोबल आइएमई लघुवित्तले १५ प्रतिशत बोनस दिँदै

Posted: 2018-08-16 14:27:58

सुनाखरी न्युज/ काठमाडौं - ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस शेयर दिने भएको छ । यस लघुवित्तले बोनसमा लाग्ने कर तिर्न लगानीकतालाई नगद लाभांश पनि दिने निर्णय गरेको छ । कम्पनीको बुधबार बसेको ...


Advertisements