शेयर बजार

सान्जेन र रसुवागढीको सेयर किन्ने पालो अब सर्वसाधारणको, साउनदेखि प्रक्रिया सुरु हुने

Posted: 2018-06-13 10:26:26

सुनाखरी न्युज/ काठमाडौं - रसुवागढी हाइड्रो पावर र सान्जेन जलविद्युत कम्पनीले साधारण सेयर निष्कासन गर्न अबको एक महिना अर्थात् साउनदेखि प्रक्रिया सुरू गर्ने भएका छन् । रसुवामा निर्माणाधीन ३ जलविद्युत आयोजनाको सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउन लागिएको हो । स्थानीयको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर निष्कासन गर्न स्वीकृतिका लागि आगामी साउनमा नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरिने रसुवागढी हइड्रो पावर कम्पनीले बताए को छ । कम्पनीका अनुसार साउनभित्र बोर्ड आवेदन दिने गरी आवश्यक कागजात तयार गर्न सुरु गरिएको छ । रसुवागढीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशत ६८ ला ४२ हजार कित्ता सेयर निष्कासन गर्नेछ । स्थानीको सेयर निष्कासन गरेर बाँडफाँड गरेपछि सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत  १ करोड २ लाख ६३ हजार कित्ता सेयर निष्कासन गरिने छ । सबै प्रक्रिया पूरा भएपछि आगामी कात्तिकभित्र साधारण सेयर बिक्री खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीले रसुवामा १ सय ११ मेगावाटको रसुवागढीमा आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ६० प्रतिशत निर्माण पूरा भएको छ । 
 
 
यस्तै, सान्जेन जलविद्युत कम्पनीले पनि स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँड गर्ने भएको छ । सेयर निष्कासन प्रक्रिया अघि बढाउन कागजात तयार गर्ने काम भइरहेको कम्पनीले बताए । बताए को छ । कम्पनीका अनुसार रसुवागढी र सान्जेनको साधारण सेयर एउटै समयमा निष्कासन हुनेछ । सान्जेनले रसुवामा ५७.३ मेगावाटका २ आयोजना निर्माण गरिरहेको छ । 
 
 
दुबै कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र स्थानीय तहका कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेका छन ।
 



More News



संस्थागतलाई खुलेकै दिनदेखि एफपिओ दिन पाउने सेबोनको नयाँ ब्यवस्था

Posted: 2018-06-20 08:15:30

सुनाखरी न्युज/ काठमाडौं- धितोपत्र वोर्डले संस्थागत लगानीर्कालाई खुलेकै दिनदेखि एफपिओ दिने निर्णय गरेको छ । बजारमा प्राथमिक शेयर निष्काशन गर्ने कम्पनीले आफ्नो शेयरमा एकजना लगानीकर्तालाई अधिकतम कति कित्ता शेयर लगानी गर्न दिने भन्ने निर्णय आफैँ गर्न पाउने ब्यवस्था उसले गरेको हो । ...


सांग्रिला डेभलपमेन्ट बैंकको मुल्य समायोजन

Posted: 2018-06-18 13:11:28

सुनाखरी न्युज/ काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (Shangrila Development Bank Ltd.) को २ दशमलव ५० प्रतिशत बोनस शेयर पछिको मुल्य समायोजन भएको छ । समायोजन मुल्य १५९.०२ रुपैयाँ तोकिएको छ । औषत आधार मुल्य भने २२८.५१ रुपैयाँ रहेको छ । ...


प्रभु बैंकको संस्थापक र सर्वसाधारण हकप्रद सेयर लिलामीमा

Posted: 2018-06-18 10:45:46

सुनाखरी न्युज/ काठमाडौं - प्रभु बैंकको संस्थापक र सर्वसाधारण हकप्रद सेयर लिलामी हुने भएको छ । निष्कासन गरिएको मध्ये आवेदन नपरेको २२ लाख ३२ हजार २६५ कित्ता लिलामी हुन लागेको हो । बैंकको संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ र सर्वसाधारणको ६ लाख ७१ हजार ०६२ कित्तालाई आवेदन नपरेपछि लिलामी गर्न लागेको हो । बैंकले चुक्तापुँजी बढाउन गत माघ १० देखि फागुन २३ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । ...


हकप्रद सेयर निष्काशनको तयारीमा ११ कम्पनी, बिक्रीका लागि धितोपत्र बोर्डमा आवेदन

Posted: 2018-06-17 09:54:32

सुनाखरी न्युज/ काठमाडौं - विभिन्न ११ कम्पनीले सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ रुपैयाँ मूल्य बराबरको सात करोड ५४ लाख ७० हजार दुई सय ४० कित्ता हकप्रद सेयर निष्कासनको तयारी गरेका छन । १/१ वटा उत्पादनमूलक कम्पनी, जलविद्युत् र वाणिज्य बैंकका साथमा चार वटा माइक्रोफाइनान्स एवम् २।२ वटा बीमा कम्पनी र फाइनान्स कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएका छन । ...


शेयर कारोवारमा सामान्य सुधार

Posted: 2018-06-16 07:45:22

सुनाखरी न्युज/ काठमाडौं- शेयर कारोवारमा यो साता सामान्य सुधार देखिएको छ । विगतमा निरन्तर ओरालो लागेको बजारमा यो साताभने सुधार देखिएको हो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यो साता नेपाल स्टक एक्सचेन्जमा १८६ कम्पनीहरुको कारोबार भएको छ ।...


Advertisements